शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा

शुक्रबार, ०१ साउन २०८३, ०८ : ३५
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • आज (शुक्रबार) देशभर चलचित्र ‘गौँथली’ प्रदर्शनमा आएको छ ।
  • यो फिल्मले देशभरका सबै हलमा एकल प्रदर्शनको अवसर पाएको छ ।
  • चलचित्रले २०६० को दशकभन्दा अगाडि नेपाली ग्रामीण समाजमा अधिकांश महिलाले भोगेको कथा उठाएको छ ।

काठमाडौँ । आज (शुक्रबार)देखि  देशभर चलचित्र  ‘गौँथली’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको फिल्मले देशभर एकल प्रदर्शन अवसर पाएको हो । फिल्मले देशभरका सबै हल कब्जा गरेको छ ।

केही दिन अघि सिभिल महलमा भएको प्रिमियरमा सबैबाट प्रशंसा पाउन सफल फिल्म नेपाली समाजको यथार्थ कथामा बनेको हो ।

चलचित्रले २०६० को दशकभन्दा अगाडि नेपाली ग्रामीण समाजमा अधिकांश महिलाले भोगेको कथा उठाएको छ । 

जानेर/नजानेर सासुले बुहारीमाथि गर्ने व्यवहारलाई चलचित्रले उठाएको छ ।

कपिल रिजालले निर्देशन गरेको चलचित्र ‘गौँथली’ भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा हो । अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय चलचित्रमा  छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।

डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।

गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा हरि हुमागाईंको छायाङ्कन, मिलन श्रेष्ठको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप