शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

अब सरकारी निकायमा करारमा कर्मचारी नियुक्ति गर्न नपाइने

शुक्रबार, ०१ साउन २०८३, ११ : १९
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • सरकारी निकायले अब करारमा नयाँ व्यक्तिलाई नियुक्त गर्न नपाउने भएका छन् ।
  • कर्मचारी नभएका स्थानमा काम लगाउनु पर्ने भएमा पुलमा रहेका करारका कर्मचारीहरूलाई नै सङ्घीय मामिला मन्त्रालयमार्फत माग गरी करार सम्झौता गरी काममा लगाउनुपर्नेछ ।
  • एकीकरण वा खारेजीको प्रक्रिया नसकिँदासम्म सम्पत्ति संरक्षण, सुरक्षा र दायित्व हस्तान्तरणका लागि आवश्यक पर्ने न्यूनतम जनशक्ति हाल कार्यरत करारका कर्मचारीहरूमध्येबाटै यकिन गरी काममा लगाइनेछ ।

काठमाडौँ । सरकारी निकायले अब करारमा नयाँ व्यक्तिलाई नियुक्त गर्न नपाउने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो निर्णय गरेको हो । नयाँ स्थापना भएका वा रिक्त रहेका दरबन्दीमा नयाँ व्यक्तिलाई करारमा नियुक्त गर्न नपाउने निर्णय भएको भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सबै निकायमा परिपत्र जारी गर्दै

पनि जानकारी गराएको छ । कर्मचारी नभएका स्थानमा काम लगाउनु पर्ने भएमा पुलमा रहेका करारका कर्मचारीहरूलाई नै सङ्घीय मामिला मन्त्रालयमार्फत माग गरी करार सम्झौता गरी काममा लगाउनुपर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको मन्त्रालयका शाखा अधिकृत सजिव नेपालको हस्ताक्षरमा कार्यान्वयनका लागि सम्बन्धित सबै निकायमा पठाएको परिपत्रमा उल्लेख छ । 

विभिन्न मन्त्रालय अन्तर्गत एकीकरण वा खारेज हुने चरणमा रहेका निकायहरूको हकमा, एकीकरण वा खारेजीको प्रक्रिया नसकिँदासम्म सम्पत्ति संरक्षण, सुरक्षा र दायित्व हस्तान्तरणका लागि आवश्यक पर्ने न्यूनतम जनशक्ति हाल कार्यरत करारका कर्मचारीहरूमध्येबाटै यकिन गरी काममा लगाउने निर्णय सरकारले गरेको परिपत्रमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप