योगेशको प्रश्न : प्रदेश सरकार कसले किन फेरबदल गर्न खोज्दैछ ?
सारांश
- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल गर्नु उचित नभएको बताएका छन् ।
- उनले कसले, किन र केका लागि प्रदेश सरकार फेरबदल गर्न खोजेको हो भन्दै प्रश्न गरेका छन् ।
- भट्टराईले यस्तो कार्यले अस्थिरता र सत्ता लोलुपतालाई प्रकट गरेको र यसले पुरानो नेतृत्वबारे जनस्तरमा भएका टिप्पणीलाई बल पुर्याएको बताएका छन् ।
काठमाडौँ । नेकपा एमालेका उपमहसचिव योगेश भट्टराईले अहिले प्रदेश सरकार फेरबदल गर्न उचित नहुने बताएका छन् । साथै उनले कार्यकालको अन्तिम समयमा प्रदेश सरकारहरूको फेरबदल गर्ने कुरा कसले र किन गरेको हो ? भन्दै प्रश्न गरेका छन् ।
‘कार्यकालको अन्तिम तीर रहेका प्रदेश सरकारहरूको फेरबदल उचित होइन । किन, कसले र केका लागि यो गरिरहेको छ ? यसको खोजीनिती हुनु पर्दछ’, नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसले अस्थिरता र सत्ता लोलुपतालाई नै प्रकट गरेको छ ।’
पूर्वमन्त्री समेत रहेका भट्टराईले हिजो जनस्तरमा पुराना दल र पुरानो नेतृत्वको बारेमा जेजे टिप्पणी भएका थिए प्रदेश सरकार फेरबदल गर्ने पार्टीहरूको अहिलेको तयारी र काम÷कारबाहीले त्यहीँ धारणालाई बल पुर्याइरहेको पनि बताएका छन् ।
‘यस्तो परिस्थितिमा पार्टीको बैठक बसेर सामूहिक निष्कर्षका साथ अघि बढ्नुपर्ने हो तर पारा उही पुरानै छ’, भट्टराईले नेतृत्वप्रति प्रश्न गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने : सतर्कता अपनाउन आग्रह
-
क्लासिक टेकको १७औँ वार्षिकोत्सव
-
म्याडोना, शकिरा र बीटीएसको प्रस्तुतिले विश्वकप फाइनलको हाफटाइम २५ मिनेट लम्बिने
-
लुम्बिनीमा कार्यान्वयनमा आएन मन्त्रालय घटाउने निर्णय
-
‘ओह माई गड २’ को कथा मेरो हो, तर मलाई क्रेडिट दिइएन : परेश रावल
-
मुक्तकमैयालाई जग्गा दिन अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण