‘मास्टर्नी’ गीतमाथि तत्काल प्रतिबन्ध लगाउन अखिल (क्रान्तिकारी) को माग
सारांश
- अखिल (क्रान्तिकारी) ले 'मास्टर्नी' चलचित्रको प्रमोसन गीत र भिडियोमाथि तत्काल प्रतिबन्ध लगाउन माग गरेको छ ।
- संगठनका अनुसार गीतले शिक्षकको गरिमा, शिक्षण पेसा, गुरु-शिष्य सम्बन्ध र महिलाको सम्मानमाथि प्रहार गरेको छ ।
- यस्ता विकृतिलाई प्रश्रय दिने निर्माता, निर्देशक, कलाकार तथा सम्बन्धित पक्षमाथि कारबाही गर्न पनि माग गरिएको छ ।
काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले हालै सार्वजनिक भएको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीत र त्यसको भिडियोमाथि तत्काल प्रतिबन्ध लगाउन माग गरेको छ ।
संगठनका केन्द्रीय अध्यक्ष विजयप्रकाश शर्मा सापकोटाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त गीतले शिक्षकको गरिमा, शिक्षण पेसा, गुरु–शिष्य सम्बन्ध र महिलाको सम्मानमाथि प्रहार गरेकाले प्रतिबन्ध लगाउन माग गरेको हो ।
‘हालै सार्वजनिक गरिएको मास्टर्नी गीत तथा भिडियोले शिक्षकको गरिमा, शिक्षण पेसा, गुरु–शिष्य सम्बन्ध तथा महिलाको सम्मानमाथि प्रहार गर्दै विकृति, अश्लील र उपभोक्तावादी सांस्कृतिक प्रवृत्तिलाई प्रश्रय दिएको सामग्री प्रति अखिल (क्रान्तिकारी) को गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
कला र अभिव्यक्तिको स्वतन्त्रताको नाममा समाजका सम्मानित पेसा, सामाजिक मूल्य–मान्यता र सांस्कृतिक मर्यादामाथि प्रहार गर्ने यस्ता सामग्री कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुन नसक्ने सङ्गठनले ठहर गरेको छ ।
विकृतिलाई प्रश्रय दिने निर्माता, निर्देशक, कलाकार तथा सम्बन्धित सबै पक्षमाथि प्रचलित कानुनबमोजिम आवश्यक छानबिन गरी कानुनी कारबाही गर्न माग गरेको छ ।
साथै, शिक्षाको गरिमा, शिक्षकको सम्मान र स्वस्थ राष्ट्रिय संस्कृतिको संरक्षणका पक्षमा दृढतापूर्वक उभिन र यस्ता सांस्कृतिक अतिक्रमणविरुद्ध एकजुट हुन सम्पूर्ण सचेत नागरिकहरूमा सङ्गठनले अपिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने : सतर्कता अपनाउन आग्रह
-
क्लासिक टेकको १७औँ वार्षिकोत्सव
-
म्याडोना, शकिरा र बीटीएसको प्रस्तुतिले विश्वकप फाइनलको हाफटाइम २५ मिनेट लम्बिने
-
लुम्बिनीमा कार्यान्वयनमा आएन मन्त्रालय घटाउने निर्णय
-
‘ओह माई गड २’ को कथा मेरो हो, तर मलाई क्रेडिट दिइएन : परेश रावल
-
मुक्तकमैयालाई जग्गा दिन अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण