लुम्बिनीमा कार्यान्वयनमा आएन मन्त्रालय घटाउने निर्णय
सारांश
- लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या १२ बाट ८ मा झार्ने निर्णय गरे पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन।
- आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा मन्त्रालय सङ्ख्या घटाउने उल्लेख भए पनि बजेट भने १२ वटै मन्त्रालयका लागि विनियोजन गरिएको छ।
- मुख्यमन्त्रीले प्राविधिक तयारी र राजनीतिक सहमति जुटेपछि साउन महिनाभित्रै नयाँ संरचना लागू गर्ने तयारी भइरहेको बताएका छन्।
बुटवल । लुम्बिनी प्रदेश सरकारले आजदेखि लागू हुनेगरी मन्त्रालयको संख्या १२ बाट ८ मा झार्ने निर्णय गरे पनि उक्त निर्णय कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश मन्त्रिपरिषद्ले जेठ महिनामै मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेको थियो।
आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पनि मन्त्रालय सङ्ख्या घटाउने व्यवस्था उल्लेख छ । तर, चालु आर्थिक वर्षको २०८३/८४ को बजेट भने १२ वटै मन्त्रालयका नाममा विनियोजन गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी एवं उपसचिव कृषिदेव अर्यालले मन्त्रालय पुनर्संरचनाका लागि मुख्य सचिवको नेतृत्वमा गठित कार्यदलले हालै प्रतिवेदन बुझाइसकेको बताए । अब मन्त्रिपरिषद्ले कुन–कुन मन्त्रालय समायोजन गर्ने भन्ने निर्णय गरेपछि कार्यान्वयन प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए।
निर्णय कार्यान्वयनका लागि प्रमुख सचिव कृष्णप्रसाद काप्रीको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिलाई प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७९ मा आवश्यक संशोधन सहितको मस्यौदा तयार पार्ने जिम्मेवारी दिइएको थियो। सोही प्रतिवेदनका आधारमा मन्त्रालय पुनर्संरचना गरी साउन १ गतेदेखि नयाँ संरचना लागू गर्ने लक्ष्य राखिएको थियो।
मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रालय पुनर्संरचनाका लागि प्राविधिक तयारीसँगै राजनीतिक सहमति पनि आवश्यक रहेको बताए । उनले औपचारिक तथा अनौपचारिक दुवै तहमा छलफल भइरहेको उल्लेख गर्दै साउन १ गतेदेखि लागू हुन नसके पनि साउन महिनाभित्रै नयाँ संरचना कार्यान्वयन गर्ने तयारी भइरहेको जानकारी दिए ।
प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर प्रशासनिक खर्च नियन्त्रण गर्ने, सरकारी संरचनालाई चुस्त बनाउने तथा कार्य सम्पादनलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण