सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
सारांश
- सिराहास्थित सशस्त्र प्रहरी बल नम्बर ७ गणले सीमा क्षेत्रबाट किराना सामान, कपडा, मदिरा र दुई मोटरसाइकलसहित १५ लाख ४८ हजार ८७० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।
- गस्तीको क्रममा बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागि सिराहा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
- गत असार महिनामा सोही गणले एक करोड ५६ लाख रुपैयाँ बराबरको चोरी पैठारीको सामान बरामद गरेको थियो।
सिराहा । सशस्त्र प्रहरी बल नम्बर ७ गण हेड क्वटर सिराहाले सीमा क्षेत्रको विभिन्न स्थानबाट १५ लाख बढीको अवैध सामानहरू बरामद गरी भन्सार कार्यालय बुझाएको छ।
किराना सामान, कपडा, मदिरा तथा पेय पदार्थ र दुई थान मोटरसाइकलसहित रु १५ लाख ४८ हजार ८७० रुपैयाँ मूल्य बराबरको भन्सार छलीका सामानहरू शुक्रवार बरामद गरी सिराहा भन्सार कार्यालयमा बुझाएको हो।
गस्तीको क्रममा नेपाल भारत सीमा क्षेत्रबाट बीआर ३२ एए ९०८ र बीआर ३२ एफ ६५९७ नम्बरको मोटरसाइकल सहितको उक्त सामाग्री रितपूर्वक बरामद गरी आवश्यक कार्वाहकीको लागि भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडक्वटर सिरहाका सूचना अधिकारी सीयाराम चौधरीले जानकारी दिए।
कपडा तथा किराना सामानहरू भारतबाट नेपाल तर्फ अवैध रूपमा आउने र मदिरा भारत तर्फ जाने गर्दछ।
त्यसैगरी, सशस्त्र प्रहरी बल नम्बर ७ गण हेड क्वटर सिराहाले गत असार महिनामा मात्र एक करोड ५६ लाख मूल्य बराबरको चोरी पैठारीको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण