नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
सारांश
- निर्माण सम्पन्न भएको नागढुंगा सुरुङ मार्ग आगामी साउन ११ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा आउने भएको छ।
- सडक विभाग र जाइकाको आयोजनामा सुरुङ मार्गमा 'नागढुंगा टनेल फन रन एण्ड वाक' आयोजना गरिएको हो।
- सुरुङ मार्ग सञ्चालनसँगै काठमाडौँ–नागढुंगा सडक खण्डमा हुने लामो जाम घट्ने र यात्राको समय आधाले घट्ने अपेक्षा गरिएको छ।
काठमाडौँ । नागढुंगा र सिस्नेखाला जोड्ने नागढुंगा सुरुङ मार्गमा आज ‘नागढुंगा टनेल फन रन एण्ड वाक’ आयोजना गरिएको छ । निर्माण सम्पन्न भएको करिब एक वर्षपछि आगामी साउन ११ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा आउन लागेको सुरुङ मार्गमा बिहान दौडको कार्यक्रम आयोजना गरिएको हो ।

विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारणले सञ्चालनमा आउन ढिलाइ भएको सुरुङ मार्ग अब चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने तयारी गरिएको छ । सडक विभाग र जाइकाको आयोजनामा यो कार्यक्रम आयोजना गरिएको हो । उद्घाटन कार्यक्रममा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिहरू सहभागी हुनेछन्।

सुरुङ मार्ग सुरुमा परीक्षणका रूपमा मात्र सञ्चालन हुनेछ भने पूर्ण व्यावसायिक सञ्चालनमा आउन अझै दुई देखि तीन महिना लाग्नेछ । परीक्षण अवधिमा सुरुङ प्रयोग गर्ने सवारी साधनबाट शुल्क नलिइने भए पनि व्यावसायिक सञ्चालनपछि सरकारले तोकेको शुल्क लागू हुनेछ।

सुरुङ मार्ग सञ्चालनसँगै काठमाडौँ–नागढुंगा सडक खण्डमा हुने लामो जाम घट्ने अपेक्षा गरिएको छ। हाल बलम्बुदेखि सिस्नेखोलासम्मको ७.५ किलोमिटर दूरी सुरुङ मार्ग सञ्चालनपछि करिब ५ किलोमिटरमा सीमित हुनेछ। यसले यात्राको समय पनि झन्डै आधाले घटाउने विश्वास गरिएको छ।

सुरुङभित्र अक्सिजन, अग्नि नियन्त्रण, सुरक्षा, सञ्चार, विद्युत् तथा शुल्क संकलन लगायत सम्पूर्ण प्रणालीको व्यवस्थापन गरिसकिएको छ । यो आयोजना नेपालकै पहिलो सडक सुरुङ मार्ग भएकाले सञ्चालनसम्बन्धी कानुनी तथा प्राविधिक तयारीमा केही समय लागेको सडक विभागले जनाएको छ।
































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण