आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

बुकायो साका चम्किएपछि पहिलो हाफमै इङ्गल्याण्डको तेस्रो गोल

आइतबार, ०३ साउन २०८३, ०३ : २३
आइतबार, ०३ साउन २०८३

सारांश

  • मियामीमा जारी फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भइरहेको प्रतिस्पर्धामा इङ्गल्याण्डले फ्रान्सविरुद्ध आफ्नो अग्रतालाई तेस्रो गोलले फराकिलो बनाएको छ।
  • खेलको ३७ औँ मिनेटमा गोल गर्दै इङ्गल्याण्डले फ्रान्सविरुद्ध ३-० को विशाल अग्रता लिएको हो।

काठमाडाैँ ।  मियामीमा जारी फिफा विश्वकप २०२६ को तेस्रो स्थान (कांस्य पदक) का लागि भइरहेको प्रतिस्पर्धामा इङ्गल्याण्डले फ्रान्सविरुद्ध आफ्नो अग्रतालाई निकै फराकिलो बनाउँदै तेस्रो गोल थपेको छ । खेलको ३७ औँ मिनेटमा गोल गर्दै इङ्गल्याण्डले ३–० को विशाल अग्रता लिएको हो ।

इङ्गल्याण्डका जर्सी नम्बर ७ का स्ट्राइकर बुकायो साकाले खेलको ३७ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई तेस्रो सफलता दिलाएका हुन् ।

यसअघि खेलको तेस्रो मिनेटमा डिक्लान राइस र १८ औँ मिनेटमा एज्री कोन्साले गोल गरिसकेको अवस्थामा साकाको यो गोलसँगै पहिलो हाफ नसकिँदै इङ्गल्याण्डले खेलमा आफ्नो पूर्ण वर्चस्व कायम गरेको छ । फ्रान्सेली टोली पहिलो हाफमै तीन गोलले पछि परेपछि मैदानमा निकै कठिन दबाबमा देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप