आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

बिनु र निहारिकालाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाइदिन संसदीय समितिको आग्रह

आइतबार, ०३ साउन २०८३, १३ : ४०
आइतबार, ०३ साउन २०८३

सारांश

  • प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले बिनु यादव र निहारिका राजपूतलाई गृहमन्त्रीसँग भेट्ने वातावरण मिलाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ ।
  • समितिले कुनै पनि नागरिकले आफ्ना माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्ने भन्दै भेट्ने वातावरणका लागि आवश्यक समन्वय गर्न आग्रह गरेको हो ।
  • यसअघि शनिबार गृहमन्त्रीसँग भेट्न सिंहदरबार पुगेका उनीहरूलाई प्रहरीले हटाएको थियो ।

काठमाडौँ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले बिनु यादव र निहारिका राजपूतलाई  गृहमन्त्रीसँग भेट्ने वातावरण बनाउन गृह मन्त्रालयसँग आग्रह गरेको छ ।

आइतबार सिंहदरबारका बसेको समिति बैठकमा सभापति समिक्षा बास्कोटाले कुनै पनि नागरिकले आफ्ना माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्ने बताएकी हुन् । भेट्ने वातावरणका लागि आवश्यक समन्वय गरिदिन गृह मन्त्रालयलाई आग्रह गरिन् ।

शनिबार गृहमन्त्रीसँग आफ्ना समस्या राख्न नपाएको भन्दै घण्टी बजाएर सिंहदरबार गेटमा धर्ना दिन पुगेका निहारिका र बिनुलाई प्रहरीले लछार–पछार गरेर हटाएको थियो ।

‘नागरिकता सम्बन्धी विषयमा बिनु यादव र निहारिका राजपूतका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिनेछ । विशेषगरी नागरिकले आफ्ना समस्या मन्त्रीसमक्ष राख्न चाहेको अवस्थामा गृह मन्त्रालयलाई भेटघाटको व्यवस्था मिलाउन अनुरोध गरिएको छ,’ सभापति बास्कोटाले भनिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप