बिनु र निहारिकालाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाइदिन संसदीय समितिको आग्रह
सारांश
- प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले बिनु यादव र निहारिका राजपूतलाई गृहमन्त्रीसँग भेट्ने वातावरण मिलाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ ।
- समितिले कुनै पनि नागरिकले आफ्ना माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्ने भन्दै भेट्ने वातावरणका लागि आवश्यक समन्वय गर्न आग्रह गरेको हो ।
- यसअघि शनिबार गृहमन्त्रीसँग भेट्न सिंहदरबार पुगेका उनीहरूलाई प्रहरीले हटाएको थियो ।
काठमाडौँ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले बिनु यादव र निहारिका राजपूतलाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाउन गृह मन्त्रालयसँग आग्रह गरेको छ ।
आइतबार सिंहदरबारका बसेको समिति बैठकमा सभापति समिक्षा बास्कोटाले कुनै पनि नागरिकले आफ्ना माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्ने बताएकी हुन् । भेट्ने वातावरणका लागि आवश्यक समन्वय गरिदिन गृह मन्त्रालयलाई आग्रह गरिन् ।
शनिबार गृहमन्त्रीसँग आफ्ना समस्या राख्न नपाएको भन्दै घण्टी बजाएर सिंहदरबार गेटमा धर्ना दिन पुगेका निहारिका र बिनुलाई प्रहरीले लछार–पछार गरेर हटाएको थियो ।
‘नागरिकता सम्बन्धी विषयमा बिनु यादव र निहारिका राजपूतका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिनेछ । विशेषगरी नागरिकले आफ्ना समस्या मन्त्रीसमक्ष राख्न चाहेको अवस्थामा गृह मन्त्रालयलाई भेटघाटको व्यवस्था मिलाउन अनुरोध गरिएको छ,’ सभापति बास्कोटाले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण