एनआरएनएको एकताको मर्म विपरीत काम भइरहेको भन्दै गंगाधर गौतमको आपत्ति
सारांश
- गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वप्रवक्ता गंगाधर गौतमले वर्तमान नेतृत्वले संस्थाको एकताको मर्म विपरीत एकपक्षीय ढङ्गले काम गरिरहेको आरोप लगाएका छन्।
- गौतमले अध्यक्ष डा. हेमराज शर्माले सर्वोच्च अदालतको फैसलाअनुसार सम्पन्न एकता महाधिवेशन र १० बुँदे सहमति उल्लङ्घन गर्दै संस्थालाई एकल ढङ्गले सञ्चालन गरिरहेको दाबी गरेका छन्।
- उनले नेतृत्वले सहमति र सहकार्यको भावना कायम नगरे आफूहरू त्यस्ता गतिविधिमा सहभागी नहुने चेतावनी दिँदै विवाद समाधानका लागि उच्चस्तरीय बैठक बोलाउन माग गरेका छन्।
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वप्रवक्ता तथा साविक एकता महाधिवेशन आयोजक समितिका सदस्य–सचिव गंगाधर गौतमले वर्तमान नेतृत्वले संस्थाको वृहत् एकताको मर्म विपरीत एकपक्षीय ढङ्गले काम गरिरहेको आरोप लगाएका छन्।
आइतबार जारी प्रेस विज्ञप्तिमार्फत उनले सर्वोच्च अदालतको फैसलाअनुसार सम्पन्न एकता महाधिवेशन र त्यसपछि भएको १० बुँदे सहमतिलाई उल्लङ्घन गर्दै अध्यक्ष डा. हेमराज शर्माले संस्थालाई एकल ढङ्गले सञ्चालन गरिरहेको दाबी गरेका छन्।
गौतमले हाल भइरहेका मनोनयन तथा निर्णयहरू सङ्घको विधान विपरीत रहेको उल्लेख गर्दै नेतृत्वले सहमति र सहकार्यको भावना कायम नगरे आफूहरू त्यस्ता गतिविधिमा सहभागी नहुने चेतावनी दिएका छन्।
उनले एनआरएनएभित्र देखिएको विवाद समाधानका लागि संस्थापक, पूर्वअध्यक्ष, विभिन्न पक्षका नेतृत्व तथा सरोकारवालाहरू सम्मिलित उच्चस्तरीय बैठक तत्काल बोलाउन समेत माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण