६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
सारांश
- फिफा विश्वकप २०२६ को उपाधिका लागि युरोपियन च्याम्पियन स्पेन र साबिक विजेता अर्जेन्टिनाबीच ऐतिहासिक भिडन्त सुरु भएको छ ।
- ट्रफी अनावरण समारोहमा स्पेनका टेनिस सुपरस्टार, आन्द्रेस इनिएस्टा र मारियो केम्पसले ट्रफी प्रदर्शन गरेका थिए ।
- सन् १९६६ पछि ६० वर्षको अन्तरालमा यी दुई टोली विश्वकपको मञ्चमा दोस्रो पटक भिड्दै छन् ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित उपाधि भिडन्त सुरु भएको छ । विश्वविजेता बन्ने लक्ष्यका साथ युरोपियन च्याम्पियन स्पेन र साबिक विजेता अर्जेन्टिना मैदानमा उत्रिएका छन् ।
खेल सुरु हुनुअघि रंगशालामा भव्य समारोहकाबिच विश्वकप ट्रफी अनावरण गरिएको थियो । स्पेनका चर्चित टेनिस सुपरस्टारले ट्रफी अनबक्स (बाकस खोल्न) गर्न सहयोग गरेका थिए भने स्पेनका पूर्व अन्तर्राष्ट्रिय स्टार आन्द्रेस इनिएस्टा र अर्जेन्टिनाका पूर्व अन्तर्राष्ट्रिय स्टार मारियो केम्पसले ट्रफीलाई समर्थकहरूका बिचमा प्रदर्शन गरेका थिए । फाइनल हेर्न अमेरिकी राष्ट्रपति डाेलाल्ड ट्रम्पपनि पत्नीसहित मैदानमा उपस्थित भएका छन् ।
विश्वकपको इतिहासमा स्पेन र अर्जेन्टिना आमनेसामने हुन लागेको यो केवल दोस्रो पटक मात्र हो । यसअघि सन् १९६६ को विश्वकपको समूह चरणमा मात्र यी दुई टोली भिडेका थिए, जहाँ अर्जेन्टिनाले स्पेनलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । त्यसयता ६० वर्षपछि यी दुई टोली विश्वकपको मञ्चमा पहिलो पटक भिड्दै छन्, जसले गर्दा यो ऐतिहासिक फाइनल झनै रोमाञ्चक बन्न पुगेको छ ।
विश्वकप बाहेक समग्र खेलहरूको इतिहासलाई हेर्दा भने दुवै टोलीको अवस्था निकै सन्तुलित र बराबरीको रहेको छ । हालसम्म यी दुई टोलीबिच भएका भिडन्तहरूमध्ये स्पेनले ६ खेल जितेको छ भने अर्जेन्टिनाले पनि ६ खेलमै जित दर्ता गरेको छ। त्यस्तै, दुई टोलीबिचका २ खेल बराबरीमा सकिएका छन् । दुवै टोली आजको खेल जित्दै इतिहासमा आफ्नो ऐतिहासिक पकड बलियो बनाउने दाउमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण