९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन
सारांश
- फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनले ९० मिनेटभर खेलमाथि नियन्त्रण कायम राखेको छ।
- निर्धारित ९० मिनेटमा अर्जेन्टिनाले विपक्षी गोलतर्फ एउटै पनि प्रहार गर्न सकेन।
- स्पेनले १५ वटा प्रहार गर्दा अर्जेन्टिनाले गोलकिपर र रक्षापंक्तिले गोल रोकेका थिए।
काठमाडाैँ । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनले निर्धारित ९० मिनेटभर खेलमाथि स्पष्ट नियन्त्रण कायम राख्दा साबिक विजेता अर्जेन्टिना आक्रमणमा पूर्ण रूपमा निष्प्रभावी देखियो। निर्धारित समयमा अर्जेन्टिनाले विपक्षी गोलतर्फ एउटै पनि शट प्रहार गर्न सकेन , जबकि स्पेनले १५ वटा शट प्रहार गर्दै लगातार दबाब सिर्जना गर्यो।
बल पोसेसन, पासिङ र आक्रमणका अधिकांश सूचकमा स्पेन हावी रह्यो। लामिन यामाल, पेड्री र निको विलियम्सको नेतृत्वमा स्पेनले लगातार अवसर सिर्जना गरे पनि अर्जेन्टिनाको रक्षापंक्ति र गोलकिपरले गोल हुन दिएनन्। अर्कोतर्फ, लियोनेल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिना स्पेनको उच्च प्रेसिङ र बल नियन्त्रणका कारण आक्रमण नै बुन्न असफल भयो।
विश्वकप फाइनलजस्तो ठूलो प्रतियोगिताको निर्धारित समयमा अर्जेन्टिनाले गोलतर्फ एउटा पनि शट लिन नसक्नु अत्यन्त दुर्लभ घटना मानिएको छ। स्पेनले भने १५ प्रहार गर्दै खेलको लय आफ्नो पक्षमा राखे पनि निर्धारित समयमा गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
-
सरकारले भन्यो– कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छैन
-
विश्वकप २०२६ : कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण