नाकको एउटा प्वालले साढे दुई मिनेटमा एकैपटक १२ वटा ट्युबमा हावा भर्ने व्यक्ति, विश्व रेकर्ड कायम
टायरमा मुखबाट हावा भर्नका लागि हाम्रो शरिरमा अर्को दुईवटा फोक्सोको आवश्यक पर्ला तर एक चीनियाँ नागरिकले एकैपटक १२ वटा ट्युबमा हावा भरेका छन्, त्यो पनि नाकको एउटा प्वालले । यी व्यक्तिको अचम्मको कलाले उनलाई विश्व रेकर्डको उपाधि दिलाएको छ ।
चीनको नान्जियाङ ग्रान्ड क्यान्योनमा आयोजित एक कार्यक्रममा ४३ वर्षे ताङ्ग फेहुले दुई मिनेट ३० सेकेन्डभित्र एकैपटक १२ वटा टायरमा हावा भरेका छन् ।
यसअघि दुई मिनेट ३० सेकेन्डमा ६ वटा टायरमा हावा भरेर रेकर्ड राखिएको थियो । गत वर्ष अर्का एक चीनियाँ व्यक्तिले २० मिनेटभित्र एकैपटक चारवटा टायरमा हावा भरेर समाचारको हेडलाइन बनेका थिए ।
ताङ्गले नान्जियाङ ग्रान्ड क्यान्योन सिनिक स्पोटमा आउने पर्यटकसामू विभिन्न स्टन्ट देखाएर पैसा कमाउने गर्छन् । उनले टायर ट्युब ट्रिक अनलाइनमा भिडियो हेरेपछि प्रयास गरेको बताए । निकै अघिदेखि मार्सल आर्टस् गरिरहेकाले आफ्नो सास फेर्ने कलाले यसमा केही सघाउ पुर्याउने आशा राखेको जुन सही निर्णय भएको उनले बताए ।
जुलाई ५ तारिखमा फेइहुले लण्डनस्थित वर्ल्ड रेकर्ड सर्टिफिकेशन एजेन्सीलाई आफ्ना बारे जानकारी दिएको र त्यसको एक महिनापछि अगस्ट १२ तारिखमा एजेन्सीका अधिकारीसामू आफ्नो प्रस्तुती दिएपछि उनलाई विश्व रेकर्डको सर्टिफिकेट प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण