मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान

मङ्गलबार, ०५ साउन २०८३, ०९ : २१
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसले बीपी स्मृति दिवसको अवसरमा साउन ६ गते ५ किलोमिटरको ‘ग्रिन रन’ आयोजना गर्ने भएको छ ।
  • कांग्रेस सभापति गगन थापाले जलवायु परिवर्तनसम्बन्धी जनचेतना जगाउने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा आम नागरिकलाई सहभागी हुन आह्वान गरेका छन् ।
  • ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नाराका साथ आयोजना हुने यस दौडमा सभापति थापा आफैं पनि सहभागी हुनेछन् ।

काठमाडौँ । नेपाली कांग्रेसले बीपी स्मृति दिवसको दिन साउन ६ गते ५ किलोमिटरको ‘ग्रिन रन’ आयोजना गर्ने भएको छ ।

कांग्रेस सभापति गगन थापाले सामाजिक सञ्जाल फेसबुकमा ‘ग्रिन रन’ प्रतियोगितामा सहभागी हुन आम नागरिकलाई निमन्त्रणा गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी जनचेतना जगाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको उनले जानकारी दिएका छन् । 

सार्वजनिक सन्देशमा सभापति थापाले लेखेका छन्, ‘यही श्रावण ६ गते बीपी स्मृति दिवसको उपलक्ष्यमा नेपाली कांग्रेसको आयोजनामा ५ किलोमिटर ग्रिन रन हुँदैछ। म पनि दौडँदै छु, तपाईँलाई पनि दौडनका लागि निम्तो छ। आउनुस् सँगै दौडौँ, जलवायु जनचेतना जगाउने अभियानमा सहभागी बनौँ,’ थापाले भिडियो सन्देशमा भनेका छन् । ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नाराका साथ कार्यक्रम आयोजना हुने थापाले उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप