बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
मङ्गलबार, ०५ साउन २०८३, ०९ : २१
सारांश
- नेपाली कांग्रेसले बीपी स्मृति दिवसको अवसरमा साउन ६ गते ५ किलोमिटरको ‘ग्रिन रन’ आयोजना गर्ने भएको छ ।
- कांग्रेस सभापति गगन थापाले जलवायु परिवर्तनसम्बन्धी जनचेतना जगाउने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा आम नागरिकलाई सहभागी हुन आह्वान गरेका छन् ।
- ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नाराका साथ आयोजना हुने यस दौडमा सभापति थापा आफैं पनि सहभागी हुनेछन् ।
काठमाडौँ । नेपाली कांग्रेसले बीपी स्मृति दिवसको दिन साउन ६ गते ५ किलोमिटरको ‘ग्रिन रन’ आयोजना गर्ने भएको छ ।
कांग्रेस सभापति गगन थापाले सामाजिक सञ्जाल फेसबुकमा ‘ग्रिन रन’ प्रतियोगितामा सहभागी हुन आम नागरिकलाई निमन्त्रणा गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी जनचेतना जगाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको उनले जानकारी दिएका छन् ।
सार्वजनिक सन्देशमा सभापति थापाले लेखेका छन्, ‘यही श्रावण ६ गते बीपी स्मृति दिवसको उपलक्ष्यमा नेपाली कांग्रेसको आयोजनामा ५ किलोमिटर ग्रिन रन हुँदैछ। म पनि दौडँदै छु, तपाईँलाई पनि दौडनका लागि निम्तो छ। आउनुस् सँगै दौडौँ, जलवायु जनचेतना जगाउने अभियानमा सहभागी बनौँ,’ थापाले भिडियो सन्देशमा भनेका छन् । ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नाराका साथ कार्यक्रम आयोजना हुने थापाले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण