खैरो हेरोइनसहित दुई महिला पक्राउ
सारांश
- प्रहरीले बाँकेको नेपालगन्जबाट ४०० ग्राम खैरो हेरोइनसहित दुई महिलालाई पक्राउ गरेको छ ।
- लागु औषध नियन्त्रण ब्युरोको टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ बाट उनीहरूलाई खरिद बिक्री गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
- पक्राउ परेका महिलाको साथबाट ४०० ग्राम खैरो हेरोइन र ३ थान मोबाइल बरामद गरिएको छ ।
काठमाडौँ । बाँकेको नेपालगन्जबाट प्रहरीले ४०० ग्राम अवैध लागु औषध खैरो हेरोइनसहित दुई जना महिलालाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले बुधबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
ब्युरोका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ बाट लागु औषध खैरो हेरोइन खरिद बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरूमा रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं. १ ठेगाना भएकी ३३ वर्षीया ललिता बुढाथोकी र बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ ठेगाना भएकी २४ वर्षीया निशा मगर रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट ४०० ग्राम अवैध लागु औषध खैरो हेरोइन र ३ थान मोबाइल फोन बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको लागु औषध नियन्त्रण ब्युरोका सह–प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जिवन निरौलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र साउदी अरबबिच ऐतिहासिक आणविक सम्झौता
-
तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथीको दाबी
-
कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता गराएको अविश्वासको पक्षमा मतदान गर्ने
-
गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छ : प्रचण्ड
-
कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको सहकार्य नै परिवर्तनको आधार : केपी शर्मा ओली
-
मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण