गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छ : प्रचण्ड
सारांश
- पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका उपलब्धिमाथि प्रतिक्रान्तिको हमला भएको बताएका छन् ।
- उनले पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रतिक्रान्ति विरुद्ध नयाँ अभियान चलाउनुपर्ने बताए ।
- प्रचण्डले पुष्पलालले सामन्तवाद र साम्राज्यवाद विरुद्ध वैचारिक हतियार निर्माणमा योगदान दिएको स्मरण गरे ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको बताएका छन् । पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले बिहीबार चम्पादेवीमा आयोजना गरेको ४८औँ पुष्पलाल स्मृति दिवस कार्यक्रममा प्रचण्डले प्रतिक्रान्ति विरुद्ध नयाँ अभियान चलाउन संकल्पको रुपमा लिनुपर्ने बताएका हुन् ।
‘देशमा जुन प्रति क्रान्तिको हावा चलिराखेको छ । जसले गणतन्त्रका उपलब्धिमाथि या कमरेड पुष्पलालको शिक्षा अनुसार भएका परिवर्तनमाथि हमला गरेको छ । त्यसका विरुद्ध फेरि एउटा नयाँ अभियान सञ्चालन गर्ने संकल्पको दिनको रुपमा रहेको छ’, उनले भने, ‘वैचारिक र राजनीतिक रुपमा पुष्पलालले विचार निमार्णमा धेरै मेहनत गर्नुभएको छ । सामन्तवाद र साम्राज्यवादको विरुद्ध वैचारिक हतियार निर्माणको निम्ति उहाँको ठुलो योगदान रहेको छ ।’
नेपालमा कम्युनिस्ट पार्टीको आवश्यकता महसुस गरी वैचारिक राजनीतिक आधार खडा गर्ने कष्ट साध्यको जिम्मा पुष्पलालले उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण