पूर्वप्रधानमन्त्री खनाल साताव्यापी चीन भ्रमणमा
बिहीबार, ०७ साउन २०८३, १२ : १३
सारांश
- पूर्वप्रधानमन्त्री झलनाथ खनाल जनवादी गणतन्त्र चीनको मैत्रीपूर्ण निमन्त्रणामा साताव्यापी भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।
- खनाल सिचुवान एयरलाइन्सको उडानमार्फत बिहीबार चीनको बेइजिङ गएका हुन् ।
- भ्रमणका क्रममा खनालले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का उच्च नेतृत्वसँग भेटघाट गर्ने र नेपाल-चीन द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, परम्परागत मैत्री तथा विभिन्न क्षेत्रमा आपसी सहयोग विस्तारका सम्बन्धमा उच्चस्तरीय छलफल गर्ने कार्यक्रम छ ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल जनवादी गणतन्त्र चीनको मैत्रीपूर्ण निमन्त्रणामा साताव्यापी भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । खनाल सिचुवान एयरलाइन्सको उडानमार्फत बिहीबार चीनको बेइजिङ गएका हुन् ।

भ्रमणका क्रममा खनालले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का उच्च नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । त्यसक्रममा खनालले नेपाल–चीन द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, परम्परागत मैत्री तथा विभिन्न क्षेत्रमा आपसी सहयोग विस्तारका सम्बन्धमा उच्चस्तरीय छलफल गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण