‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
प्रश्नपत्र चुहावट प्रकरणमा विपक्षीले लिए थप कडा अडान
बिहीबार, ०७ साउन २०८३, १२ : ५४
सारांश
- भारतका विपक्षी दलहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म कुनै पनि विषयमा छलफलमा सहभागी नहुने निर्णय गरेका छन्।
- कांग्रेस सांसद केसी वेणुगोपालले सबै विपक्षी दलहरूले शिक्षामन्त्रीको राजीनामाअघि कुनै पनि संसदीय छलफलमा भाग नलिने निर्णय गरेको जानकारी दिए।
- देशभर नीट प्रवेश परीक्षा प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विद्यार्थीहरूले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै प्रदर्शन गरिरहेका छन्।
नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म कुनै पनि विषयमा छलफलमा सहभागी नहुने निर्णय गरेका छन्।
कांग्रेस सांसद केसी वेणुगोपालले बिहीबार सबै विपक्षी दलहरूले शिक्षामन्त्रीको राजीनामाअघि कुनै पनि संसदीय छलफलमा भाग नलिने निर्णय गरेको जानकारी दिए।
उनले भने, 'हामीले यो निर्णय लोकसभा सभामुख ओम बिर्लालाई जानकारी गराइसकेका छौं।'
यद्यपि आम आदमी पार्टी (आप) र द्रविड़ मुन्नेत्र कड़गम (डीएमके) बाहेक अन्य सबै विपक्षी दलहरू यस साझा अडानमा सहमत भएका छन्।
देशभर नीट (एनईईटि) प्रवेश परीक्षा प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विद्यार्थीहरूले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै निरन्तर प्रदर्शन गरिरहेका बेला विपक्षी दलहरूले आफ्नो अडान अझ कडा बनाएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण