बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

सोमबार नागढुंगा सुरुङमार्गको  उद्घाटन हुने

बिहीबार, ०७ साउन २०८३, १६ : ००
बिहीबार, ०७ साउन २०८३

सारांश

  • सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन गरिने भएको छ ।
  • उद्घाटन कार्यक्रममा विभागीय मन्त्री, सचिव, जाइकाका अध्यक्ष र जापानी राजदूत सहभागी हुनेछन् ।
  • उद्घाटनपछि केही सवारीसाधन चल्न सुरु भए पनि सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही समय लाग्नेछ ।

काठमाडौँ । सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन गरिने भएको छ । 
सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेले सोमबार सुरुङमार्गको उद्घाटनको तयारी भएको जानकारी दिए ।

उद्घाटन कार्यक्रममा विभागीय मन्त्री, मन्त्रालयका सचिव, जाइकाका अध्यक्ष (प्रेसिडेन्ट) र नेपालका लागि जापानी राजदूतलगायतको विशेष उपस्थिति रहनेछ । सडक विभागका अन्य उच्च अधिकारीहरू पनि उक्त कार्यक्रममा सहभागी हुनेछन् । यद्यपि, उक्त उद्घाटन कार्यक्रममा प्रधानमन्त्री भने उपस्थित नहुने सभएका छन् ।

उद्घाटनलगत्तै सुरुङमार्गबाट सबै सवारीसाधन भने नियमित रूपमा गुड्न पाउने छैनन् ।  प्रवक्ता न्यौपानेले भने,  ‘उद्घाटनपछि केही सवारीसाधनहरू चल्न सुरु हुनेछन्, तर सुरुङमार्ग पूर्ण रूपमा सञ्चालन (फुल्ली अपरेसनल) मा आउन भने अझै केही समय लाग्नेछ ।’

आयोजनाले कार्यक्रमलाई सामान्य रूपमै उद्घाटन गर्ने तयारी गरेको बुझिएको छ । नागढुंगा टनेल आयोजनाले यसको आवश्यक तयारी गरिरहेको विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप