नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
शुक्रबार, ०८ साउन २०८३, ०६ : ५७
सारांश
- नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको माग सङ्ख्या थप गरेको छ।
- यसअघि ८ वटा नयाँ सिट थप गर्दै अब कुल २९ जनाको भर्ना गरिने प्रहरीले जानकारी दिएको छ।
- सर्वोच्च अदालतको परमादेश बमोजिम आर्थिक वर्ष २०७९-८० मा गुम्न गएका पदहरूको क्षतिपूर्ति स्वरूप यो सङ्ख्या थप गरिएको हो।
काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको माग सङ्ख्या थप गरेको छ।
२०८२ मंसिर २६ गते प्रकाशित विज्ञापनमा ८ वटा नयाँ सिट थप गर्दै अब कुल २९ जनाको भर्ना गरिने जानकारी प्रहरीले दिएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार, सम्मानित सर्वोच्च अदालतबाट जारी भएको परमादेश बमोजिम आर्थिक वर्ष २०७९–८० मा समावेशी समूहमा समावेश नगरिँदा वास्तविक रूपमा गुम्न गएका पदहरूको क्षतिपूर्ति स्वरूप यो सङ्ख्या थप गरिएको हो।
समावेशी प्रावधान अनुसार पदहरू समायोजन गरी हालको प्रचलित कानुन बमोजिम नै यो पदपूर्ति प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण