स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कट : मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
सारांश
- स्वास्थ्यका महत्त्वपूर्ण निकायहरू निमित्तको भरमा चलेका छन्, जसले गर्दा रणनीतिक निर्णय र दूरदर्शी योजनाहरू ठप्प भएका छन्।
- स्वास्थ्य सेवा विभाग, वीर अस्पताल, औषधि व्यवस्था विभाग लगायतका प्रमुख निकायहरूमा नेतृत्वको अभावले सेवा प्रवाहमा समस्या आएको छ।
- नियमनकारी निकाय फितलो बन्दा स्वास्थ्य क्षेत्रको समग्र गुणस्तर, अनुशासन र जनविश्वासमा गम्भीर धक्का पुग्ने विज्ञहरूको भनाइ छ।
काठमाडौँ । स्वास्थ्यका महत्त्वपूर्ण अड्डाहरू निमित्तको भरमा चलेका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक पहलकदमी नलिँदा स्वास्थ्यको नियमन गर्ने निकायदेखि सेवा प्रदायक निकायहरू लामो समयदेखि निमित्तको भरमा चलेका हुन् ।
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि उम्मेदवार सिफारिस गर्न गठित समितिले समयमा काम नगर्दा स्वास्थ्यका निकायहरू निमित्तको भरमा चलेका हुन् । अधिकांश निकाय दुई महिनाभन्दा लामो समयदेखि निमित्तको भरमा छन् ।
नेतृत्व नहुँदा रणनीतिक निर्णय र दुरदर्शी योजना ठप्प भई स्वास्थ्यका निकायहरू दैनिक सेवा प्रवाहमा मात्र सीमित हुने सम्बद्ध अधिकारी बताउँछन् । स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट हुने नियुक्तिमा समेत ढिलाइ भएको देखिएको छ । नियमनकारी निकाय फितलो बन्दा स्वास्थ्य क्षेत्रको समग्र गुणस्तर, अनुशासन र जनविश्वासमा गम्भीर धक्का पुग्ने विज्ञहरू बताउँछन् ।
स्वास्थ्य सेवा विभाग दुई महिनादेखि निमित्तको भरमा चलेको छ । गत वैशाख ३० गते डा. अनुज भट्टचनले निमित्त महानिर्देशकको जिम्मेवारी पाएका थिए । स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट भट्टचन निमित्त महानिर्देशक बनेका हुन् । जबकि विभागमा १२औँ तहको अतिरिक्त सचिवलाई महानिर्देशकको जिम्मेवारी दिइन्छ । हाल अतिरिक्त सचिव डा. संगीता कौशल मिश्र र श्रीकृष्ण श्रेष्ठ मन्त्रालयमा कार्यरत छन् । भट्टचन ११औँँ तहका अधिकृत हुन् । उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकको जिम्मेवारीमा पनि छन् ।
स्वास्थ्य मन्त्रालयले दुई महिनादेखि १२औँ तहको अतिरिक्त सचिव नखटाउँदा स्वास्थ्य सेवा विभाग निमित्तको भरमा चल्न बाध्य भएको हो ।
यस्तै, औषधि व्यवस्था विभाग पनि निमित्तको भरमा चलिरहेको छ । विभागको निमित्त महानिर्देशकमा शिवानी खड्गीलाई जिम्मेवारी दिइएको छ । मन्त्रीस्तरीय निर्णयबाट खड्गीले निमित्त प्रमुखको जिम्मेवारी पाएकी हुन् । यसअघि गत चैत २६ मा विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई कानुनविपरीत औषधिको मूल्य निर्धारण गरेको आरोप लागेपछि स्वास्थ्यमन्त्री निशा मेहताले मन्त्रालय तानेकी छन् । खड्गीलाई पत्रमा अर्को व्यवस्था नहुँदासम्म महानिर्देशकले गर्ने आर्थिक तथा प्रशासनिक जिम्मेवारी सम्हाल्न भनिएको थियो ।
यसअघि वरिष्ठ औषधि व्यवस्थापकको रूपमा कार्यरत दशौँ तहकी खड्गी विभागमा हाल कार्यरत कर्मचारीमध्ये सबैभन्दा वरिष्ठ हुन् ।
देशकै सबैभन्दा जेठो अस्पताल वीर अस्पताल पनि विगत दुई महिनादेखि निमित्त निर्देशकको भरमा चलेको छ । वीर अस्पतालमा १२औँ तह (अतिरिक्त सचिव) को पुल दरबन्दी भए पनि अहिलेसम्म स्वास्थ्य मन्त्रालयले कर्मचारी पठाउन सकेको छैन । स्वास्थ्य मन्त्रालय अन्तर्गत अतिरिक्त सचिव चार जना रहने व्यवस्था छ । एक जना स्वास्थ्य सेवा विभाग, एक जना वीर अस्पताल र दुई जना स्वास्थ्य मन्त्रालयमा रहनुपर्ने हुन्छ ।
स्वास्थ्य मन्त्रालयले १२औँ तहको दरबन्दी रहेको वीरको निर्देशकमा कसैलाई पनि नपठाई अतिरिक्त सचिवको ठाउँमा त्योभन्दा तल्लो पदको चिकित्सक नियुक्त गर्न सिफारिस गर्दै आएको छ । स्वास्थ्य मन्त्रालयले वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी प्रा.डा प्रभा कोइरालालाई दिएको छ । यसअघि निर्देशक रहेका दिलीप शर्माले राजीनामा दिएसँगै कोइरालालाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । डा. कोइराला वीर अस्पतालमा कार्डिओलोजी विभागकी प्रमुख हुन् ।
आयुर्वेद चिकित्सालय नरदेवी पनि निमित्त निर्देशकको भरमा चलेको छ । निमित्त निर्देशकको जिम्मेवारी डा. राम कामेश्वर ठाकुरलाई दिइएको छ ।

आयुर्वेद चिकित्सा परिषद् नेपालको निमित्त रजिष्ट्रारको जिम्मेवारीमा दिपक भण्डारी छन् । परिषद् अध्यक्ष विहीन छ । आयुर्वेद चिकित्सा परिषद् नेपालको रजिष्ट्रारको अन्तर्वार्ताका लागि साउन ११ गते १० बजेका लागि समय तोकिएको छ । रजिष्ट्रारका लागि अजयकुमार चौधरी, पुष्पराज पौडेल, बुद्धि प्रसाद पौडेल, विशुन दयाल प्रसाद पटेल र हरिशरण अर्यालले आवेदन दिएका छन् ।
नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारको जिम्मेवारीमा डा.दिपेन्द्र पाण्डे छन् । स्वास्थ्य मन्त्री निशा मेहताले वैशाख २९ मा मन्त्रीस्तरीय निर्णय गर्दै डा. पाण्डेलाई निमित्त रजिष्ट्रारको जिम्मेवारी दिएकी थिइन् । तर, डा.पाण्डेले निमित्तको जिम्मेवारी डा.अजयकुमार शाहलाई दिएका छन् । गत असार १६ गते मन्त्रालयले सार्वजनिक गरेको मेडिकल काउन्सिलको रजिस्ट्रारमा प्रविणकुमार गिरी, रविन्द्र बास्कोटा, प्रमोदकुमार कोइराला, हुलाश अग्रवाल, सुप्रभात श्रेष्ठ, सुरजकुमार गुप्ता, खिलाशा पोखरेल र रञ्जीतकुमार झाले आवेदन दिएका थिए । यस्तै, नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा विवेक आचार्य, पंकज कुमार चौधरी, रामपरिक्षण यादव, कृष्णप्रसाद अधिकारी, विश्वास प्रधान, दीपक कुमार दत्त, गौरी शंकर शाह, निलमणी उपाध्यायको आवेदन परेको छ । यस्तै, प्रह्लाद कार्की, नारायण विक्रम थापा, कृष्ण कुमार राई, लक्ष्मी नारायण सिंह, ढुण्डीराज पौडेल, सभाना प्रधान, हरिश चन्द्र उप्रेती र प्रमोद कुमार यादवको पनि अध्यक्षमा आवेदन परेको मन्त्रालयले जनाएको छ ।
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पनि निमित्तको भरमा चलेको छ । केन्द्रको निमित्त कार्यकारी निर्देशकमा डा.रविन्द्र भक्त तिमला छन् । केन्द्रको कार्यकारी निर्देशकका लागि आवाश कार्की, आशिष गोविन्द अमात्य, चन्द्रमणी अधिकारी, नविन चन्द्र गौतम, निर्मल पन्थी, पंकज कुमार चौधरी र हालका निमित्त कार्यकारी निर्देशक तिमलाले आवेदन दिएका थिए । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा आवेदन दिएकाहरूको अन्तर्वार्ता समय अझै तोकिएको छैन ।
नेपाल फार्मेसी काउन्सिल अध्यक्षविहीन छ भने काउन्सिल निमित्त रजिष्ट्रारको भरमा चलेको छ । हाल काउन्सिलको निमित्त रजिष्ट्रारमा उषा तण्डुकार छिन् । परिषद् अध्यक्ष र रजिष्ट्रारमा आवेदन दिएकाहरूको अन्तर्वार्ताका लागि साउन ८ गते स्वास्थ्य मन्त्रालयमा समय तोकिएको छ । काउन्सिलको अध्यक्षमा कादिर आलम, धर्म प्रसाद खनाल, प्रदिप लम्साल, बाबुराम हुमागाईँ, विजय यादव राज कुमार थापा र लिजा जोशी गुरुवाचार्यले आवेदन दिएका थिए । नेपाल फार्मेसी परिषद्को रजिष्ट्रारमा जय बहादुर घले, पवन महर्जन, प्रकाश खत्री, बिमल कुँवर, रोशनी प्रजापती, शरद पुडासैनी र हरिश सिंह थापाले आवेदन दिएका थिए ।
यस्तै, स्वास्थ्य बीमा बोर्ड पनि अध्यक्ष र कार्यकारी निर्देशकविहीन छ । बोर्डको निमित्त कार्यकारी निर्देशकमा शकुन्तला प्रजापति छिन् । अध्यक्षमा निजन उपाध्याय, महेश सुवेदी, सुमन चन्द्र गुरुङ, सुवास प्याकुरेल र सिमृन काफ्लेले आवेदन दिएका थिए । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकका लागि असार ३१ गतेमात्रै दरखास्त आह्वान गरेको थियो । यद्यपि अन्तर्वार्ता र प्रस्तुतिकरणको मिति भने तोकिएको छैन ।
स्वास्थ्य क्षेत्रको महत्त्वपूर्ण अनुसन्धान गर्ने निकाय नेपाल स्वास्थ्य अनुसन्धान परिषद् पनि अध्यक्ष र सदस्य सचिवविहीन छ । अध्यक्ष पद रिक्त नै छ भने निमित्त सदस्य सचिवको जिम्मेवारीमा नमिता घिमिरे छिन् ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद् पनि अध्यक्षविहीन छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को निमित्त रजिष्ट्रारमा भने रविकान्त मिश्रलाई जिम्मेवारी दिइएको छ । परिषद्को अध्यक्षमा २४ जनाको आवेदन परेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नीरन्जन थापा, सगुन पौडेल, मिरज सुवेदी, रन्जीत ठाकुर, कमल रानाभाट, मुकेश कुमार मिश्र, सुरज साह, सुरज भुसाल, सोम कान्त बराल, राजेश प्रसाद यादवले आवेदन दिएका छन् । यस्तै महेन्द्र प्रसाद भट्ट, दामोदर रोक्का, ज्यानेन्द्र झा, विजय शंकर यादव, आमोद कुमार पौड्याल, जितेन्द्र ठाकुर, मुकेश कुमार झा, ईस्वरीय लामिछाने, हरि कुमार लम्साल, मुकेश कुमार यादव, भुवन साउद, रमेश भट्ट, गोविन्द पौडेलले अध्यक्षमा आवेदन दिएको स्वास्थ्य मन्त्रालयको सूचनामा उल्लेख छ ।
यस्तै ३७ जनाले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रारमा आवेदन दिएका छन् । परिषद्को रजिष्ट्रारमा गंगाराज अर्याल, हरि प्रसाद भुसाल, रन्जीत ठाकुर, चाँदनी जयसवाल, ज्ञानेन्द्र दवाडी, अविनाश झा, तुलसी प्रसाद सुवेदी, रमेश श्रेष्ठ, रोशनकुमार महतो, नरेश कुमार शाह, मनु पन्थी, गंगा प्रसाद जोशी, सोमाकान्त बराल, भुवन साउद, तुल्सीराम भण्डारी, नविनकुमार झा लगायतको आवेदन परेको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष र रजिष्ट्रारको लागि पनि अन्तर्वार्ता मिति तोकिएको छैन ।
स्वास्थ्य क्षेत्रको महत्त्वपूर्ण अनुसन्धान गर्ने निकाय नेपाल स्वास्थ्य अनुसन्धान परिषद् पनि अध्यक्ष र सदस्य सचिवविहीन छ । अध्यक्ष पद रिक्त नै छ भने निमित्त सदस्य सचिवको जिम्मेवारीमा नमिता घिमिरे छिन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा १८ जनाको आवेदन परेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार सदस्य सचिवमा १८ र सदस्यमा १९ जनाको आवेदन परेको हो ।
यस्तै, सदस्य सचिवमा सगुन पौडेल, रोशनकुमार महतो, विनोद कुमार यादव, रविन्द्रमान श्रेष्ठ, प्रतिमा खत्री, मेघनाथ धिमाल, गंगा प्रसाद जोशी, दिपककुमार दत्त, दिपेन्द्र कुमार यादव, शेषानन्द संजेल, सतिस कुमार देव, सविना श्रेष्ठ, काजीराम अधिकारी, धर्मागत भट्टराई, श्याम प्रसाद लोहनी, प्रमोद जोशी, गंगा प्रसाद जोशी, संजय कुमार श्रेष्ठ र विमलेश कुमार झाको आवेदन परेको स्वास्थ्य मन्त्रालयको सूचनामा उल्लेख छ ।
यस्तै सदस्यहरूमा अजय रिसाल, रबा थापा, विश्वास प्रधान, रेखा तिमल्सिना, राम परिक्षण यादव, कृष्णकुमार राई, सुधा बस्नेत, सरस्वती न्यौपाने, जया सत्याल, सरोज प्रसाद मिश्र, अपार पोखरेल, सतिस कुमार देव, नारायण बहादुर महोत्रा, सन्तोषकुमार ठाकुर, धर्मागत भट्टराई, गणेश दंगाल, प्रमोद जोशी, अजित रायमाझी र लक्ष्मी नारायण सिंहको आवेदन परेको छ । सात जना सदस्यका लागि १९ जनाको आवेदन परेको हो । तर, समितिले अध्यक्ष र सदस्यसचिवका लागि अन्तर्वार्ताको मिति तोकेको छैन ।
स्वास्थ्य मन्त्रालयले भने क्रमश सबै निकायमा अधिकारीहरू खटाउने जनाएको छ ।
निमित्तको भरमा रहेका स्वास्थ्यका अड्डाहरू
- स्वास्थ्य सेवा विभाग
- वीर अस्पताल
- औषधि व्यवस्था विभाग
- आयुर्वेद चिकित्सालय नरदेवी
- नेपाल मेडिकल काउन्सिल
- शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र
- आयुर्वेद चिकित्सालय नरदेवी
- नेपाल स्वास्थ्य व्यवसायी परिषद्
- नेपाल फार्मेसी परिषद्
- स्वास्थ्य विमा वोर्ड
- नेपाल नर्सिङ काउन्सिल
- नेपाल स्वास्थ्य अनुसन्धान परिषद्
- नेपाल आयुर्वेद चिकित्सा परिषद्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
-
भारत भ्रमणमा रहेका प्रधानन्यायाधीश शर्मालाई सर्वोच्च अदालतमा स्वागत
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण