शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

शुक्रबार, ०८ साउन २०८३, ०९ : १४
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले २९ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।
  • प्रमुख नदीहरूको बहाव नियन्त्रणमै रहेको छ भने काठमाडौँ उपत्यकासहित २९ जिल्लामा साना नदीहरूमा पानीको बहाव बढ्नेछ।
  • भोलि र पर्सी पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही साना नदीहरूमा बहाव बढ्ने अनुमान गरिएको छ।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न २९ जिल्ला भई बहने स-साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। 

महाशाखाले बिहान ८ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार प्रमुख नदीहरूको बहाव भने नियन्त्रणमै रहेको छ।

आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तलै रहेको छ।

यद्यपि, काठमाडौँ उपत्यकाका तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरसहित खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, रुकुम पूर्व, रुकुम पश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेल्धुरा, डोटी र आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्नेछ। महाशाखाका अनुसार यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।

भोलि कोशी, बागमती र गण्डकी प्रदेश भई बहने केही स-साना नदीहरूमा पनि बहाव आकस्मिक रूपमा बढ्न सक्ने चेतावनी दिइएको छ। त्यसैगरी, पर्सि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने अनुमान महाशाखाले गरेको छ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप