चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
सारांश
- पोखराको हरिचोक–याम्दी सडकखण्ड चार वर्ष लगाएर चार लेनमा विस्तार गरी स्तरोन्नति गरिएको छ ।
- भूपी शेरचन राजमार्ग र मध्यपहाडी लोकमार्ग दुवैमा पर्ने २.२ किलोमिटर दूरीको यो सडक विस्तारले स्थानीय र चार जिल्लाका यात्रुहरूलाई सहजता प्रदान गर्नेछ ।
- मोतिदान कन्स्ट्रक्सन सेवाले ४८ करोडमा ठेक्का पाएको यो सडक विस्तारको काम निर्धारित समयभन्दा ढिलो गरी सम्पन्न भएको छ ।
पोखरा । पोखराको हरिचोक–याम्दी सडकखण्ड चार लेनमा विस्तार भएको छ । चार वर्ष लगाएर स्तरोन्नति गरिएको यो सडक फराकिलो पारेर कालोपत्रे र लाइन मार्किङपछि अहिले निकै आकर्षक देखिएको छ ।
२.२ किलोमिटर दूरीको यो सडक भूपी शेरचन राजमार्ग र मध्यपहाडी लोकमार्ग दुवैअन्तर्गत पर्छ । समयमै काम नसकिएपछि स्थानीयसहित पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ आउजाउ गर्नेले निकै सास्ती भोग्नुपरेको थियो । ०८१ साल असार १५ (राष्ट्रिय धान दिवस)मा स्थानीयले सडकमै धान रोपेर विरोध गरेका थिए ।
_afnlxec0Xc.jpg)
मोतिदान कन्स्ट्रक्सन सेवा प्रा।लि।ले ०७९ साउन १४ मा ४८ करोड रुपैयाँमा यो सडकखण्ड स्तरोन्नतिको ठेक्का पाएको थियो । दुई वर्षमा सक्ने गरी सम्झौता भएकोमा तीनपटक म्याद थप भएपछि यो वर्ष काम सकिएको हो ।
_45WFiKWmH8.jpg)
०८१ साउनसम्म काम नसकिएपछि सोही वर्ष चैत मसान्तसम्म म्याद थप गरिएको थियो । ठेकेदारलाई पछिल्लो पटक ०८३ वैशाख मसान्तसम्मको समयावधि दिइएको थियो । तस्बिर :अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी
_2IQdKeNskA.jpg)
_DRwDd41GxT.jpg)
_9UOAOaRNYq.jpg)
_U6OlGuxDCJ.jpg)
_Rr9YGJ92rq.jpg)
_yMmUZBo1Rc.jpg)
_0BJby4L6Gd.jpg)
_KHpwGM21s8.jpg)
_6z6cEMmcgZ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण