शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने

शुक्रबार, ०८ साउन २०८३, ०९ : ४७
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • राधिका दासीको उजुरीका आधारमा पक्राउ परेकी बेदिका केसी आज पुनः साइबर ब्युरोमा हाजिर हुने भएकी छिन् ।
  • ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दिलीप गिरीका अनुसार केसीलाई शुक्रबार उपस्थित हुने गरी बिहीबार हाजिर जमानीमा छाडिएको थियो ।
  • अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।

काठमाडौँ । राधिका दासीको उजुरीका आधारमा पक्राउ परेर बिहीबार नै हाजिर जमानीमा रिहा भएकी बेदिका केसी आज पुनः साइबर ब्युरोमा हाजिर हुने भएकी छिन् । 

ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दिलीप गिरीका अनुसार केसीलाई शुक्रबार उपस्थित हुने गरी बिहीबार हाजिर जमानीमा छाडिएको थियो । 

एसपी गिरीले घटनाबारे अनुसन्धान भने जारी रहेको जानकारी दिए। उनका अनुसार उजुरीमा उठाइएका विषयमा आवश्यक प्रमाण संकलन, बयान तथा प्राविधिक विश्लेषणको प्रक्रिया अझै चलिरहेको छ। 

अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ। राधिका दासीले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध मानहानि तथा साइबर अपराध भएको भन्दै साइबर ब्युरोमा उजुरी दर्ता गराएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले बेदिका केसीलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप