गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले डा. गोविन्द केसीका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन् ।
- सांसद कार्कीले डा. केसीलाई अनसन तोड्न आग्रह गर्दै वर्तमान सरकार सेवक सरकार भएको र जनताको माग सुन्ने बताएकी छन् ।
- उनले चिकित्सा शिक्षालाई सुधार गर्न केसीका जायज मागमा सरकार सहकार्य गर्ने पनि बताएकी छन् ।
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. तोसिमा कार्कीले डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्न माग गरेकी छन् । साथै उनले केसीलाई आफ्ना मागबारे प्रधानमन्त्री र शिक्षामन्त्रीलाई सुझाव दिनसक्ने पनि बताएकी छन् ।
शुक्रबार कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै डा. केसीले अनसन बस्नुपर्ने अवस्था आउनै नपर्ने भएपनि आएकोमा आश्चर्य व्यक्त गरेकी छन् ।
‘विगतका सरकारमा तपाईँले पटक पटक शोषक र शासक देख्नुभयो होला, अहिले हाम्रो सरकार सेवक सरकार हो, जनताको सरकार हो’, सांसद कार्कीले भनेकी छन्,‘जनताको सुन्छ, तपाई जस्तो निस्वार्थ विज्ञको पनि सुन्छ। भयो सर, अनसन छोडिदिनुस्, चिकित्सा शिक्षालाई सफा, प्रभावकारी र जनतामुखी बनाउन तपाईँका जायज मागहरूमा हामी तपाई सँगै सहकार्य गर्दै अघि बढ्नेछौँ ।’
डा. केसी बिहीबारबाट धनगढीमा अनसन बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग, सन्तानको शिक्षाको पनि जिम्मा
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण