विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
सारांश
- कानुनमन्त्री सोविता गौतमले विकास आयोजनाका कानुनी अवरोध हटाउन 'पूर्वाधार न्यायाधिकरण' स्थापनासम्बन्धी कानुन निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिएकी छिन्।
- यस न्यायाधिकरणले पूर्वाधारसम्बन्धी विवादको छिटो, विशेषज्ञतापूर्ण र प्रभावकारी निरूपण गरी सर्वोच्च अदालतको चाप घटाउने, सार्वजनिक स्रोतको संरक्षण गर्ने र नागरिकको सेवा पाउने अधिकार सुनिश्चित गर्नेछ।
- मन्त्री गौतमले आयोजना ढिलाइले जनताले व्यहोर्नुपर्ने क्षति, करदाताको पैसाको दुरुपयोग र अवसर गुम्ने भएकाले जनहितलाई केन्द्रमा राखी यो कानुनी संरचनाको परिकल्पना गरिएको बताइन्।
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपालको विकास निर्माणमा हुने कानुनी अवरोध हटाउन र आयोजनाहरूलाई गति दिन 'पूर्वाधार न्यायाधिकरण' स्थापनासम्बन्धी कानुन निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएकी छिन्।
गौतमका अनुसार यस न्यायाधिकरणको स्थापनाका लागि आवश्यक छलफलहरू सम्पन्न भइसकेका छन् र केही अन्तिम परिमार्जनपछि विधेयकलाई अघि बढाउने तयारी भइरहेको छ।
गौतमले भनेकी छिन्, "पूर्वाधारसम्बन्धी विवादको छिटो, विशेषज्ञतापूर्ण र प्रभावकारी निरूपण गर्ने उद्देश्यले यो न्यायाधिकरणको अवधारणा ल्याइएको हो। यसले सर्वोच्च अदालतको चाप घटाउनुका साथै सार्वजनिक स्रोतको संरक्षण र नागरिकको सेवा पाउने अधिकारलाई सुनिश्चित गर्नेछ।"
पूर्वाधार आयोजनाको ढिलाइलाई केवल सरकार र निर्माण व्यवसायीबिचको विवादका रूपमा मात्र हेर्न नहुने गौतमको तर्क छ। "आयोजना ढिलो हुँदा सबैभन्दा ठुलो क्षति जनताले व्यहोर्नुपर्छ। करदाताको पैसा खर्च हुने र अवसरहरू गुम्ने भएकाले हामीले जनहितलाई केन्द्रमा राखेर यो नयाँ कानुनी संरचनाको परिकल्पना गरेका हौँ," उनले उल्लेख गरेकी छिन्।
सार्वजनिक खरिद ऐनको संशोधन र पूर्वाधार न्यायाधिकरणको स्थापनाले नेपालको विकास यात्रामा ऐतिहासिक मोड ल्याउने उनको विश्वास छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण