हेमन्तप्रकाश ओलीको प्रस्ताव : बालेन सरकारविरुद्ध आन्दोलन घोषणा गरौँ
सारांश
- क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओली (सुदर्शन) ले नेपाल नवउपनिवेशिक अवस्थामा रहेको बताएका छन्।
- उनले साम्राज्यवादले नेपालको सेना कब्जा गरी रवि र बालेनको मुखौटो लगाएर सरकार अपदस्त गरेको आरोप लगाएका छन्।
- ओलीले देशभक्त वामपन्थीहरूलाई वैकल्पिक स्वाधीन संयुक्त सरकार बनाउन सङ्घर्षका कार्यक्रम घोषणा गर्न आह्वान गरेका छन्।
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओली (सुदर्शन) नेपालको अहिलेको अवस्था नवउपनिवेशिक अवस्था रहेको भन्दै दलाल पुँजीवादी व्यवस्थाले ल्याउने नै नवउपनिवेशिक नै भएको बताएका छन् ।
४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक बिचार गोष्ठीमा बोल्दै ओलीले यस्तो बताएका हुन् ।
‘सेना, प्रहरी, अदालत, कर्मचारीतन्त्र उही राखेर हामी विगतमा सरकारमा गएका थियौँ’, उनले भने , ‘अहिले साम्राज्यावदले नेपालको सेना कब्जा गरेर रवि र बालेन (रास्वापा) को मुखौटो लगाएर सरकार अपदस्त गर्यो जसका कारण राष्ट्रिय स्वाधीनताको प्रश्न अगाडि आएको छ ।’
ओलीले यस्तो अवस्थामा लुज फोरम निर्माण गरेर सबै अट्ने फोरम निर्माण गर्न तयार हुनुपर्ने बताए ।
त्यसका लागि बालेन सरकारका विरुद्ध वैकल्पिक स्वाधीन संयुक्त सरकार बनाउन देशभक्त वामपन्थी मिलेर राजनीतिक सम्मेलन गर्दै सङ्घर्षका कार्यक्रम घोषणा गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको परिवारलाई गगन थापाले गरे १ लाख सहयोग
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण