शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

चीनमा ६० हजार टन चामल निर्यात गर्दैछ पाकिस्तान

शुक्रबार, ०८ साउन २०८३, १४ : ११
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • पाकिस्तानले आर्थिक वर्ष २०२६/२७ मा चीनका ग्वाङ्झाउ र शेनझेन प्रान्तमा ६० हजार टन चामल निर्यात गर्ने भएको छ ।
  • पाकिस्तानको राइस एक्सपोर्टर्स एसोसिएसन (आरईएपी) ले चीनका यी दुई प्रान्तसँग समझदारीपत्रमा हस्ताक्षर गरेपछि यो निर्यात सम्झौता भएको हो ।
  • यस सम्झौताअन्तर्गत करिब ३० करोडदेखि ४० करोड अमेरिकी डलर बराबरको चामल निर्यात हुने अपेक्षा गरिएको छ ।

कराँची । पाकिस्तानले आर्थिक वर्ष २०२६/२७ मा चीनका ग्वाङ्झाउ र शेनझेन प्रान्तमा ६० हजार टन चामल निर्यात गर्ने भएको छ । 

पाकिस्तानको राइस एक्सपोर्टर्स एसोसिएसन (आरईएपी)ले चीनका ती दुई प्रान्तसँग समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेपछि यो निर्यात सम्झौता भएको हो । 

आरईएपीका उपाध्यक्ष जावेद जिलानीका अनुसार नयाँ सम्झौताअन्तर्गत करिब ३० करोडदेखि ४० करोड अमेरिकी डलर बराबरको चामल निर्यात हुने अपेक्षा गरिएको छ । २० सदस्यीय आरईएपी प्रतिनिधिमण्डल जुलाई २८ सम्म चीन भ्रमणमा रहेको र यो भ्रमण निकै फलदायी भएको पनि उनले बताए । जिलानीका अनुसार आर्थिक वर्ष २०२५/२६ मा पाकिस्तानले चीनमा १२ करोड ४० लाख अमेरिकी डलर बराबरको चामल निर्यात गरेको थियो । नयाँ सम्झौताअन्तर्गत पाकिस्तानले बासमती र गैर–बासमती दुवै प्रकारका चामल चीनमा निर्यात गर्नेछ ।

उनले चीनले पाकिस्तानी व्यापारीहरूको मकै  निर्यातका लागि दर्ता प्रक्रिया सुरु गरिसकेको जानकारी दिँदै निकट भविष्यमा पाकिस्तानबाट मकै पनि चीन निर्यात हुने दाबी गरे । आरईएपीका अनुसार कपडा उद्योगपछि चामल पाकिस्तानको दोस्रो ठुलो निर्यात क्षेत्र हो, जसबाट देशको अर्थतन्त्रमा वार्षिक करिब २ अर्ब अमेरिकी डलर योगदान पुग्ने गरेको छ । यस भ्रमणलाई पाकिस्तानको ट्रेड डेभलपमेन्ट अथोरिटी (टीडीएपी)ले सहजीकरण गरेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप