शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

‘सडक सुरक्षा सरकार, नागरिक, सञ्चारमाध्यम र सरोकारवालाको साझा दायित्व’

शुक्रबार, ०८ साउन २०८३, १४ : १५
शुक्रबार, ०८ साउन २०८३

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सडक सुरक्षा सरकार, नागरिक, सञ्चारमाध्यम र सरोकारवालाको साझा दायित्व भएको बताएका छन् । 

मेट्रो ट्राफिक एफएम ९५.५ को १४ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित कार्यक्रममा उनले यस्ताे बताएका हुन् । 

आगामी दिनमा क्षमता विस्तार गरी सडक सुरक्षा तथा सुरक्षा सचेतनामा समयानुकूल, नवप्रवर्द्धनात्मक, गुणस्तरीय एवं विश्वसनीय नागरिक केन्द्रित कार्यक्रम प्रसारण गर्न एफएमलाई उनले निर्देशन दिए।

उनले अपराधविरुद्ध जनचेतना फैलाउन तथा सुरक्षासम्बन्धी सही र विश्वसनीय सूचना सयममै प्रवाह गर्न एफएमले महत्वपूर्ण काम गरेको समेत बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप