बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
सारांश
- देशका विभिन्न स्थानमा परेको अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोका कारण कोशी र बागमती प्रदेशका मुख्य राजमार्गहरू प्रभावित भएका छन्।
- कोशी प्रदेशका भोजपुर, इलाम र खोटाङमा सडक अवरोध देखिएको छ भने बागमती प्रदेशका प्रमुख सडकहरूमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
- अरनिको राजमार्ग सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारी दुवै स्थानमा पहिरो गएका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
काठमाडौँ । देशका विभिन्न स्थानमा परेको अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोका कारण कोशी र बागमती प्रदेशका मुख्य राजमार्गहरू प्रभावित भएका छन्। कतिपय सडक पूर्ण रूपमा बन्द छन् भने कतिपयमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।
कोशी प्रदेशका भोजपुर, इलाम र खोटाङमा सडक अवरोध देखिएको छ। मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुरको बोखिममा बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा छ। त्यस्तै, मेची राजमार्गको इलाम (राजदुवाली खण्ड) अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ, जहाँ वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिइएको छ। खोटाङको माम्खामा गएको पहिरोका कारण मध्य पहाडी लोकमार्गमा पनि सवारी साधन एकतर्फी मात्र चलिरहेका छन्।
बागमती प्रदेशका प्रमुख सडकहरूमा बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
वि.पि. राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४:०० देखि साँझ ६:०० बजेसम्म मात्र परिस्थितिको विचार गरी सवारी चल्न दिइनेछ।
कान्ति लोकपथकाे हेटौँडा-ठिङ्गन-ललितपुर खण्डमा बाढी र पहिरोको जोखिमका कारण साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी चलाउन निषेध गरिएको छ।
अरनिको राजमार्ग सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारी दुवै स्थानमा पहिरो गएका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण