फ्रुटीमा नशालु पदार्थ मिसाएर लुटपाट गर्ने महिला पक्राउ
सारांश
- खाजामा नशालु पदार्थ मिसाएर गहना, नगद तथा मोबाइल लुटपाट गरी फरार भएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
- गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ अत्तरखेलस्थित एक होटलमा खाजा खाने क्रममा पीडितलाई फ्रुटीमा नशालु पदार्थ मिसाएर बेहोस पारी लुटपाट भएको थियो।
- पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई हाल काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नम्बर ५ बस्ने ४७ वर्षीया सङ्गीता तामाङ कार्की रहेकी छन्।
काठमाडौँ। खाजामा नशालु पदार्थ मिसाएर गहना, नगद तथा मोबाइल लुटपाट गरी फरार भएकी एक महिलालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।
गत साउन १२ गते साँझ करिब साढे ५ बजे काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ अत्तरखेलस्थित जग्गा हेर्ने भन्दै बोलाएर एक होटलमा खाजा खाने क्रममा लुटपाट भएको थियो।
पीडितलाई फ्रुटीमा नशालु पदार्थ मिसाएर खुवाई बेहोस बनाइएको थियो। बेहोस बनाएपछि निजको साथमा रहेको सुनको औँठी, नगद र मोबाइलहरू लुटेर अभियुक्त फरार भएकी थिइन्। उक्त घटनाको अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय बनेपाको समन्वयमा खटिएको प्रहरी टोलीले साउन ७ गते काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नम्बर ५ चौकोटबाट अभियुक्तलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ९ घर भई हाल काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नम्बर ५ बस्ने ४७ वर्षीया सङ्गीता तामाङ कार्की रहेकी छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बौद्ध, काठमाडौँ पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण