पोखरामा ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ७७३ सवारी साधन कारबाहीमा
सारांश
- कास्की प्रहरीले पोखरामा स्वरूप परिवर्तन गरिएका र चर्को आवाज निकाल्ने मोटरसाइकलविरुद्ध 'अपरेसन ३६५' अभियान चलाएको छ ।
- यस अभियानअन्तर्गत पछिल्लो दुई दिनमा ५१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ भने हालसम्म ७७३ वटा मोटरसाइकलमाथि कारबाही भएको छ ।
- नियन्त्रणमा लिइएका मोटरसाइकललाई सक्कली स्वरूपमा फर्काउन लगाई २५ हजार रुपैयाँसम्म जरिवाना गरिएको छ ।
पोखरा । कास्की प्रहरीले पोखरामा स्वरूप परिवर्तन (मोडिफाइड) गरिएका र चर्को आवाज निकालेर ध्वनि प्रदूषण गर्ने मोटरसाइकलविरुद्धको कारबाहीलाई तीव्र पारेको छ ।
‘अपरेसन ३६५’ नाम दिइएको यस अभियानअन्तर्गत पछिल्लो दुई दिनमा मात्रै ५१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार बिहीबार राति १८ वटा र शुक्रवार राति ३३ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।
विशेषगरी रातको समयमा बन्दुक पड्किएको जस्तो चर्को आवाज निकाल्ने र मोडिफाइड साइलेन्सर प्रयोग गरेर सर्वसाधारणलाई त्रसित बनाउने गतिविधि बढेको गुनासो आएपछि प्रहरीले यो अभियानलाई थप प्रभावकारी बनाएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीकाअनुसार गत असोज २६ गतेदेखि सुरु भएको यस अभियानअन्तर्गत हालसम्म ७ सय ७३ वटा मोटरसाइकलमाथि कारबाही भइसकेको छ । नियन्त्रणमा लिइएका मोटरसाइकलहरूलाई अनिवार्य रूपमा सक्कली स्वरूपमा फर्काउन लगाइएको छ । यसका साथै, यातायात व्यवस्था कार्यालयमार्फत २५ हजार रुपैयाँसम्म जरिवाना गर्ने गरिएको छ ।
उनकाअनुसार, एउटा मात्र मोटरसाइकलले पनि सहरको ठूलो क्षेत्रलाई आतङ्कित पार्न सक्ने भएकाले यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न प्रहरी निरन्तर सक्रिय रहनेछ । प्रहरीले यो समस्या समाधानका लागि सर्वसाधारणसँग पनि सहयोगको अपिल गरेको छ । आफ्नो टोल वा छिमेकमा चर्को आवाज निकाल्ने वा स्वरूप परिवर्तन गरिएका मोटरसाइकल देखिएमा त्यसको फोटो वा नम्बर प्रहरीलाई उपलब्ध गराउन आग्रह गरिएको छ । प्राप्त सूचनाका आधारमा प्रहरीले घरमै पुगेर वा यातायातको अभिलेख हेरेर भए पनि त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सञ्चालन गरिरहेको यो अपरेसनले पोखराको ध्वनि प्रदूषण नियन्त्रण र सडक सुरक्षामा उल्लेख्य सुधार ल्याउने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण