पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
सारांश
- देशका मुख्य नदीहरूमा जलसतह सामान्य रहे पनि केही पहाडी तथा हिमाली जिल्लाका स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ।
- शनिबार कोशी प्रदेशका सम्पूर्ण पहाडी तथा हिमाली जिल्लाहरूमा आकस्मिक बाढीको न्यून जोखिम रहेको छ।
- आइतबार र सोमबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही साना नदीहरूमा बहाव बढ्ने तथा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ।
काठमाडौँ। देशका मुख्य नदीहरूमा जलसतह सामान्य अवस्थामा रहे पनि केही पहाडी तथा हिमाली जिल्लाका स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिन अनुसार कोशी, कर्णाली, नारायणी, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तल रहेको छ। हाल यी नदीहरूमा जलसतह सामान्य अवस्थामा छ।
शनिबार कोशी प्रदेशका सम्पूर्ण पहाडी तथा हिमाली जिल्लाहरूमा आकस्मिक बाढीको न्यून जोखिम रहेको छ। यसैगरी बागमती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक र रसुवा जिल्लाहरूमा पनि आकस्मिक बाढीको न्यून सम्भावना रहेको छ। गण्डकी प्रदेशका गोरखा, लमजुङ, तनहुँ र आसपासका जिल्लाहरू भई बहने स-साना नदीहरूमा समेत आकस्मिक बाढी आउन सक्ने महाशाखाको अनुमान छ।
भोलि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव बढ्ने सम्भावना छ। ती प्रदेशका केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान गरिएको छ।
यस्तै पर्सि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव बढ्नुका साथै केही नदीमा आकस्मिक बहाव हुन सक्ने महाशाखाले जनाएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण