आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रश्नपत्र बाहिरिएको घटना : छानबिन समितिमा काे- काे छन्  ?

आइतबार, १० साउन २०८३, १३ : ५०
आइतबार, १० साउन २०८३

सारांश

  • त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्काय डिनको कार्यालयले एमबीएस प्रथम सत्रको प्रश्नपत्र परीक्षाकै समयमा बाहिरिएको घटनाको छानबिन गर्न एक समिति गठन गरेको छ ।
  • गएको साउन ८ गते सञ्चालन भएको 'MGT 515: Organizational Behavior' विषयको प्रश्न पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि विश्वविद्यालयले यो कदम चालेको हो ।
  • तीन सदस्यीय छानबिन समितिको संयोजकमा प्रा.डा.अच्युत वाग्ले, सदस्यहरूमा पुष्कर रैखला र महेशराज ओझा रहेका छन् ।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्काय डिनको कार्यालयले मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षाकै समयमा बाहिरिएको घटनाको छानबिन गर्न एक समिति गठन गरेको छ ।

गएको साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टरको 'MGT 515: Organizational Behavior' विषयको प्रश्न पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि विश्वविद्यालयले यो कदम चालेको हो ।

प्रश्न पत्र बाहिरिएपछि तीन सदस्यीय छानबिन समिति गठन भएको छ । छानबिन समितिको संयोजकमा त्रिवि केन्द्रीय विभागका प्रा.डा.अच्युत वाग्ले रहेका छन् ।

त्यस्तै सदस्यहरूमा केन्द्रीय अनुगमन निर्देशनालयका उपनिर्देशक पुष्कर रैखला र केन्द्रीय परीक्षा समितिका सदस्य महेशराज ओझा रहेका छन् । समितिलाई सात दिन समय दिइएको त्रिवि व्यवस्थापन संकायका सहायक डिन डा.भरत राईले रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप