आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

आइतबार, १० साउन २०८३, १४ : २९
आइतबार, १० साउन २०८३

सारांश

  • दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको छ ।
  • बेलास्थित दुर्गा सामुदायिक वनमा शनिबार माटो लिन गएका उनी ढिस्कोमा पुरिएका थिए ।
  • उद्धार गरी अस्पताल पुर्याएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दाङ । दाङकाे राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीका अनुसार राजपुर गाउँपालिका— २ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो ।

बेलास्थित दुर्गा सामुदायिक वनमा शनिबार माटो लिन गएका उनी ढिस्कोमा पुरिएका थिए । निजलाई उद्धार गरी अस्पताल पुर्याएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप