कांग्रेस र कम्युनिस्टले देशमा भाँडभैलो मच्चाए : उपेन्द्र यादव
सारांश
- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिस्ट पार्टीकै कारण देशमा भाँडभैलो मच्चिएको आरोप लगाएका छन् ।
- उनले विगत ४० वर्षदेखि कांग्रेस र कम्युनिस्टले मिलीजुली र भागबन्डाको नाममा ३५ वटा सरकार निर्माण गरेको र जनताको चाहनालाई वास्ता नगरेको बताए ।
- यादवले मधेस प्रदेश सरकारका बारेमा अहिलेसम्म कुनै पनि दलसँग छलफल नभएको र तीन दलको तमासा सकिएपछि आफूले विचार गर्ने स्पष्ट पारे ।
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिस्ट पार्टीकै कारण देशमा भाँडभैलो मच्चिएको आरोप लगाएका छन् ।
हालै नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच प्रदेश सरकारका सबन्धमा भएको सहमतिबारे राखिएको जिज्ञासाको जबाफ दिँदै उनले कांग्रेस र कम्युनिस्टकै कारण लामो समयदेखि देश अस्थिरतामा धकेलिएको टिप्पणी गरे ।
रातोपाटीसँग अध्यक्ष यादवले भने, भने, ‘विगत ४० वर्षदेखि यी दलहरूले के–के गरे, जनतालाई सबै थाहा छैन र ?’
४० वर्ष यता मिलीजुली र भागबन्डाको नाममा ३५ वटा सरकार निर्माण भएको उनको भनाइ छ । ‘अहिले पनि त्यही गरिरहेका छन्,’ उनले भने, ‘जनताको चाहना स्थायी सरकार, विकास निर्माण हो । तर जनताको चाहना उनीहरूलाई वास्ता नै छैन ।’
प्रदेश सरकारका बारेमा भएका सहमतिप्रति लक्षित गर्दै अध्यक्ष यादवले अगाडि भने, ‘यी दलहरूको खेल सकियोस्, त्यसपछि हामी हाम्रोतर्फबाट के गर्ने भन्नेबारे सोच्छौँ ।’
मधेस प्रदेश सरकारका बारेमा अहिलेसम्म कुनै पनि दलसँग आफ्नो छलफल नभएको पनि उनले प्रस्ट पारे । मधेस प्रदेशमा पुराना तीन दलको गठबन्धन सरकार रहेको र अहिलेसम्म सोही गठबन्धनलाई निरन्तरता दिने उनीहरूको चाहना रहेको जिकिर गर्दै उनले तीन दलको तमासा सकिएपछि आफूले विचार गर्ने प्रस्ट पारे ।
शनिबार एमाले र नेकपाबिच विभिन्न पाँच प्रदेशमा सरकार गठनका लागि भागबन्डा भएको छ । मधेस र गण्डकी प्रदेशमा भने अन्य दलहरूको सहयोगमा सरकार बनाउनुपर्ने भएकाले छलफल अगाडि बढाउने निर्णय दुई दलले गरेका छन् ।
मधेस प्रदेशमा अहिले कांग्रेसका कृष्ण यादवको नेतृत्वमा एमाले र नेकपा सम्मिलित गठबन्धनको सरकार छ । जसपा नेपाल भने प्रतिपक्षमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा अस्पताललाई ३०० बेडको बनाएर तत्काल सञ्चालन गर्न पूर्व स्वास्थ्यमन्त्री पौडेलको सुझाव
-
होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन
-
पाँचथरको फालेलुङ पहिरो पीडितको उद्धारमा जुट्न आङ्देम्बेको अपिल
-
लुम्बिनीमा नयाँ सरकारबारे अझै औपचारिक छलफल सुरु भएन
-
लागुऔषधसहित भारतमा दुईजना पक्राउ
-
विजयको जननायगन’को बक्स अफिसमा धमाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण