सद्भाव कायम राख्न नेकपा संयुक्तको आह्वान
मङ्गलबार, १२ साउन २०८३, १० : ०१
सारांश
- नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले सुनसरीको कप्तान गञ्जमा भएको घटनाप्रति स्तब्ध भएको जनाएको छ।
- पार्टीले शान्ति सुरक्षाको वैकल्पिक उपाय अवलम्बन नगरी नागरिकमाथि गोली हान्ने तरिकाको भर्त्सना गरेको छ।
- नेकपा (संयुक्त) ले दोषी उपर छानबिन गरी कारबाही गर्न र सामाजिक सद्भाव कायम राख्न आह्वान गरेको छ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले साउन ११ गते सुनसरीको कप्तान गञ्जमा भएको घटनाप्रति स्तब्ध भएको जनाएको छ । साथै शान्ति सुरक्षाको वैकल्पिक उपाय अवलम्बन नगरी सिधै र बर्बर तरिकाले नागरिकमाथि गोली हान्ने तरिका आलोचनायुक्त भएको भन्दै भर्त्सना गरेको छ ।
प्रचार विभाग प्रमुख दामोदर अर्यालले मंगलबार विज्ञप्ति जारी गर्दै घटनामा दोषी उपर छानबिन गरी अविलम्ब कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
नेकपा संयुक्तले सुनसरी लगायत अन्य जिल्लामा धार्मिक उत्तेजना फैलिन सक्ने सम्भावना रहेकाले शान्ति र सामाजिक सद्भाव कायम राख्न सवैमा आह्वान समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा बागमतीमा चुलियो विवाद, माधव पक्षधर सांसदहरूले गरे बैठक बहिस्कार
-
भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
-
८ सरकारी निकायमा ६२२ दरबन्दी स्वीकृत : कुन निकायमा कति ? (सूचीसहित)
-
नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द
-
लुम्बिनीमा गत आर्थिक वर्षमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु
-
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई विश्रामस्थल र शुद्ध खानेपानी आयोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण