मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोरङ जिल्लामा डिजेको प्रयोगमा पूर्ण प्रतिबन्ध

मङ्गलबार, १२ साउन २०८३, १२ : १५
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • मोरङ जिल्लाभर मेला, महोत्सव, विवाह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम तथा पुराण लगायतका कार्यक्रमहरूमा डिजे बजाउन पूर्ण प्रतिबन्ध लगाइएको छ।
  • जिल्ला प्रशासन कार्यालय, मोरङले अर्को सूचना जारी नभएसम्मका लागि डिजे प्रयोगमा रोक लगाएको छ।
  • प्रशासनको निर्देशन विपरीत डिजे प्रयोग गरे वा गराए प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ।

विराटनगर । जिल्ला प्रशासन कार्यालय, मोरङले जिल्लाभर मेला, महोत्सव, विवाह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम तथा पुराण लगायतका कार्यक्रमहरूमा डिजे बजाउन निषेध गरेको छ।

सहायक प्रमुख जिला अधिकारी पवन राज कोइरालाद्वारा जारी सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि मोरङ जिल्लाभर कुनै पनि स्थानमा डिजेको प्रयोग नगर्न र नगराउन कडा निर्देशन दिइएको छ।

प्रशासनको यो निर्देशन विपरीत कसैले डिजे प्रयोग गरेको वा गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्ण जिल्लावासीहरूलाई जानकारी गराइएको छ।

754408689_1039803308435171_485199796658767230_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप