लघुवित्त पीडितले थाले माइतीघरमा आमरण अनसन, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, १२ साउन २०८३, १२ : २९
सारांश
- विभिन्न माग राख्दै आन्दोलनरत लघुवित्त पीडितहरूले काठमाडौँको माइतीघर मण्डलामा आमरण अनसन सुरु गरेका छन्।
- उनीहरूले लघुवित्तसम्बन्धी विगतका प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न, वित्तीय शोषण अन्त्य गर्न तथा चर्को र चक्रवृद्धि ब्याज खारेज गर्न माग गरेका छन्।
- माग सम्बोधन नभएसम्म आमरण अनसनलाई निरन्तरता दिने आन्दोलनकारीहरूले बताएका छन्।
काठमाडौँ । विभिन्न माग राख्दै आन्दोलनरत लघुवित्त पीडितहरूले काठमाडौँको माइतीघर मण्डलामा आमरण अनसन सुरु गरेका छन्।
गत आइतबार ‘राजधानी मार्च’ गरेर सरकारको ध्यानाकर्षण गराएका लघुवित्त पीडितहरू मंगलबार बिहानदेखि माइतीघरमा आमरण अनसनमा बसेका हुन्।
आन्दोलनकारीहरूले लघुवित्तसम्बन्धी विगतका प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न, लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण अन्त्य गर्न तथा चर्को र चक्रवृद्धि ब्याज खारेज गर्न माग गरेका छन्। उनीहरूले विभिन्न शीर्षकमा असुल गरिने हर्जाना तथा अन्य शुल्क पनि खारेज गर्नुपर्ने बताएका छन्।
त्यस्तै, जग्गा धितो लिलामी, कालोसूचीमा राख्ने कार्य तथा अन्यायपूर्ण ऋण असुलीको न्यायिक निरूपण गर्न सरकारसँग माग गरेका छन्।
माग सम्बोधन नभएसम्म आमरण अनसनलाई निरन्तरता दिने आन्दोलनकारीहरूले बताएका छन्।
_hrLbMSnm4q.jpg)
_LW2FQwhcQP.jpg)
_ZynpjvkGFb.jpg)
_xu94vSLnYL.jpg)
_2YS8E4tYrf.jpg)
_0EK3WtQzWG.jpg)
_BRihiGcpuT.jpg)
_TpqGEG5zCf.jpg)
_QEkeOzlHY6.jpg)
_eCpWEpvjXq.jpg)
_TWgp6UTu5k.jpg)
_p7LjIzVhkU.jpg)
_jMhjNuba52.jpg)
_WSiWcmyXVB.jpg)
_X5b9iJ1Hve.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
-
सुनसरी घटनापछि रास्वपा : दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग
-
मोहम्मद नसिर : हिजो गोइत समूहका कार्यकर्ता, आज लागुऔषध तस्कर
-
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस
-
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा
-
बागमती सरकार गठनका लागि नेकपाद्वारा ५ सदस्यीय वार्ता टोली गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण