सांसद पद्मा अर्यालको प्रश्न– निष्पक्ष निर्वाचन र विदेशमा मतदानको पूर्वाधार कसरी निर्माण गर्न सकिन्छ ?
सारांश
- नेकपा एमालेकी सांसद पद्मा अर्यालले निर्वाचनको निष्पक्षता कायम राख्नु नै प्रमुख चुनौती रहेको बताएकी छन्।
- उनले निर्वाचनमा हुने आर्थिक चलखेल, शक्ति प्रदर्शन र धाँधलीका आशङ्का चिर्दै यसलाई कसरी निष्पक्ष बनाइनेछ भन्ने प्रश्न गरिन्।
- सांसद अर्यालले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउन आवश्यक पर्ने खर्च, बजेट स्रोत, पूर्वाधार, प्राविधिक र भौतिक तयारीबारे पनि प्रश्न उठाएकी छन्।
काठमाडौँ । नेकपा एमालेकी सांसद पद्मा अर्यालले निर्वाचनको निष्पक्षता कायम राख्नु नै अहिलेको प्रमुख चुनौती रहेको बताएकी छन् । प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संसदीय सुनुवाइका क्रममा बोल्दै सांसद अर्यालले निर्वाचन प्रणालीलाई विश्वसनीय बनाउन र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउन आवश्यक पर्ने जटिल तयारीका बारेमा प्रश्न उठाएकी हुन् ।
सांसद अर्यालले निर्वाचनको स्वच्छतामाथि उठ्ने गरेका प्रश्नहरूबारे चासो व्यक्त गर्दै भनिन्, ‘आजको प्रमुख चुनौती भनेकै निष्पक्ष निर्वाचन सम्पन्न गर्नु हो। निर्वाचनमा हुने आर्थिक चलखेल, शक्ति प्रदर्शन र धाँधलीका आशङ्काहरूलाई चिर्दै यसलाई कसरी वास्तवमै निष्पक्ष बनाउनुहुन्छ? यसको व्यवस्थापनका लागि तपाईँसँग के कस्तो मोडेल छ ?’
प्रस्तावित आयुक्त वाग्लेले आफ्नो कार्ययोजनामा विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषय उल्लेख गरेपछि सांसद अर्यालले यसको व्यावहारिक पक्षमा प्रश्न गरिन् । ‘विदेशमा निर्वाचन गराउने कुरा सुन्दा राम्रो छ, तर यसको खर्च व्यवस्थापन कसरी हुन्छ ? कुन स्रोतबाट बजेट जुट्छ ? साथै, लाखौँ नेपाली छरिएर रहेका मुलुकहरूमा कस्तो किसिमको पूर्वाधारबाट मतदान सम्भव हुन्छ ? के हामीसँग त्यसको प्राविधिक र भौतिक तयारी छ,’ अर्यालले भनिन् ।
वर्तमान निर्वाचन कानुनमा रहेका कमजोरी र व्यावहारिक जटिलताहरूका बारेमा पनि अर्यालले प्रश्न उठाइन् । उनले निर्वाचन कानुनमा कस्ता चुनौतीहरू छन् र त्यसलाई समयसापेक्ष सुधार गर्न कस्तो योजना ल्याइएको हो भनी जिज्ञासा राखिन् । ‘कानुनमा रहेका छिद्रहरूका कारण निर्वाचन महँगो र जटिल बन्दै गएको छ, यसलाई परिमार्जन गर्ने तपाईँका ठोस बुँदाहरू के–के हुन् ? अर्यालले प्रश्न गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
-
८ सरकारी निकायमा ६२२ दरबन्दी स्वीकृत : कुन निकायमा कति ? (सूचीसहित)
-
नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द
-
लुम्बिनीमा गत आर्थिक वर्षमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु
-
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई विश्रामस्थल र शुद्ध खानेपानी आयोजना हस्तान्तरण
-
कृषि उपजको दैनिक थोक मूल्यसम्बन्धी जानकारी दिने मोबाइल एपको सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण