राजीव खत्रीको प्रश्न – विदेशमा रहेका नेपालीलाई आगामी स्थानीय चुनावमै मताधिकार दिन सकिन्छ ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले विदेशमा रहेका नेपाली नागरिकहरूलाई आगामी प्रदेश सभा र स्थानीय तहको निर्वाचनमै मतदानको व्यवस्था मिलाउन सकिने सम्भावनाबारे चासो व्यक्त गरेका छन् ।
मंगलबार प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संसदीय सुनुवाइका क्रममा बोल्दै सांसद खत्रीले निर्वाचन सुधारका दुई महत्वपूर्ण एजेन्डा— विदेशमा मतदान र राइट टु रिकलका बारेमा प्रश्न उठाए ।
सांसद खत्रीले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषय केवल कार्ययोजनामा मात्र सीमित राख्न नहुने बताए ।
‘तपाईंले विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिने कुरा त गर्नुभयो, तर के आगामी प्रदेश सभा र स्थानीय तहको निर्वाचनमै उनीहरूले मतदान गर्न पाउने सुनिश्चितता गर्न सकिन्छ ? यसका लागि आयोगको तयारी र समयतालिका के छ ?,’ खत्रीले भने ।
उनले थप स्पष्ट पार्दै भने, ‘स्थानीय तहको निर्वाचन नजिकिँदै छ, यस्तो अवस्थामा प्रविधिको प्रयोग गरेर वा अन्य कुनै छिटो माध्यमबाट विदेशमा रहेका नेपालीलाई जोड्न सकिने तपाईंको ठोस योजना के हो ?’
लोकतन्त्रमा निर्वाचित प्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुनुपर्ने भन्दै सांसद खत्रीले काम नगर्ने प्रतिनिधिलाई फिर्ता बोलाउने अधिकार अर्थात् ‘राइट टु रिकल’ को व्यवस्थाका बारेमा जिज्ञासा राखे ।
उनले भने, ‘जनताले चुनेर पठाएका प्रतिनिधिले जनअपेक्षा अनुसार काम नगरेमा उनीहरूलाई बीचमै फिर्ता बोलाउन पाउने राइट टु रिकलको कानुनी व्यवस्था लागू गर्ने सम्बन्धमा तपाईंको धारणा र योजना के छ ? के हाम्रो निर्वाचन प्रणालीमा यसलाई समावेश गर्न सम्भव छ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकार गठनका लागि नेकपाद्वारा ५ सदस्यीय वार्ता टोली गठन
-
आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण
-
फेरिए दुई विभागका डीजी, सिँचाइमा श्रेष्ठ र विद्युत् विकास विभागमा गौतम
-
रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमणले सरकारलाई कस्तो पार्ला प्रभाव ?
-
मुग्लिन–नारायणगढ सडकमा लेन अनुसाशन कायम गर्न चालकलाई आग्रह
-
भावी रणनीति तय गर्न नेपाल चिकित्सक संघको बैठक जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण