न्यायको माग गर्दै काठमाडौँमा सहकारी पीडितको प्रदर्शन
सारांश
- सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौँमा प्रदर्शन गरेका छन्।
- साना बचतकर्ता र ठुला बचतकर्तालाई सम्मानजनक र समान व्यवहार हुनुपर्ने माग राख्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।
- काठमाडौँको माइतीघर क्षेत्रमा भेला भएर पीडितहरूले आफूहरूको रकम फिर्ता र उचित न्यायका लागि आवाज उठाएका छन्।
काठमाडौँ । मिलापत्रका नाममा थप पीडा दिन खोजिएको भन्दै सहकारी पीडितहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्।
ठूला बचतकर्तालाई सहकारी संस्थासँग मिल्नका लागि विभिन्न निकायबाट दबाब आएको र यसका कारण आफूहरू थप पीडामा परेको भन्दै उनीहरूले मङ्गलबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन्। साना र ठूला बचतकर्तालाई सम्मानजनक र समान व्यवहार हुनुपर्ने उनीहरूको माग छ।
_VEvC8JgeB5.jpg)
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको प्रदर्शनका सहभागीहरूले छिटोभन्दा छिटो आफ्नो बचत फिर्ताका लागि पहल गर्न आग्रह गरेका छन्।
_ugZHe7FIxY.jpg)
साना वा ठूला बचतकर्ता नभनी सबैलाई समान रूपमा बचत फिर्ता गराउनुपर्ने र ऋणीहरूबाट असुलउपर गरेर भए पनि रकम उपलब्ध गराउनुपर्ने माग उनीहरूले राखेका छन्।
_D4bi7zP0K3.jpg)
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसीले साना बचतकर्तालाई केही रकम फिर्ता दिएजस्तो गरे पनि वास्तविक सहकारी पीडितका समस्यामा सरकारले चासो नदेखाएको बताए।
_EJbygfZrWR.jpg)
समस्याग्रस्त घोषणा नगरिएका केही सहकारीले पनि बचतकर्ताको अर्बौँ रकम हिनामिना गरेकाले राज्य गम्भीर हुनुपर्ने उनको भनाइ छ।
_4VbyI6ndde.jpg)
_eXnNtHiiDX.jpg)
_5QFOW0xwny.jpg)
_puL2tb5sPA.jpg)
_vE1mpSDR3A.jpg)
_BvP7pkmkJA.jpg)
_GC3ml7zY5t.jpg)
_W0t8D95IUP.jpg)
_nOWxlRqqfD.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुख्खा पहिरोले मुग्लिन–नारायणगढ सडक पुनः दुईतर्फी अवरुद्ध
-
वनकर्मीमाथि भएको आक्रमणका दोषीलाई कडा कारबाहीको माग गर्दै ज्ञापनपत्र
-
गरिबी र अशिक्षाबिच निर्वाचनमा प्रविधि कसरी सम्भव छ ?
-
संसद् बैठक दसैँसम्मै सञ्चालन गर्नेबारे छलफल
-
१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन
-
अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण