पूर्वी सुर्खेतमा जिप दुर्घटना : ५ जना गम्भीरसहित १२ घाइते
सारांश
- पूर्वी सुर्खेतको लेकवेशीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्, जसमध्ये ५ जनाको अवस्था गम्भीर छ।
- लेकवेशी नगरपालिका वडा नम्बर ५ र ६ को सिमानामा पर्ने हलकन्डरा भन्ने ठाउँमा मंगलबार बिहान १० बजेतिर भे. १ ख ५४० नम्बरको यात्रुवाहक मुस्ताङ जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो।
- सामान्य घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरूलाई थप उपचारका लागि वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा पठाइएको छ।
सुर्खेत । पूर्वी सुर्खेतको लेकवेशीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मंगलबार बिहान १० बजेतिर लेकवेशी नगरपालिका वडा नम्बर ५ र ६ को सिमानामा पर्ने हलकन्डरा भन्ने ठाउँमा दुर्घटना भएको हो।
डाँडागाउँबाट दशरथपुरतर्फ आउँदै गरेको भे. १ ख ५४० नम्बरको यात्रुवाहक मुस्ताङ जिप उकालोमा आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहोराले जानकारी दिए।
दुर्घटनामा परेर गाडी चालक लेकवेशी नगरपालिका ४ का २३ वर्षीय दिपेश पुन घाइते भएका छन्। त्यसैगरी लेकवेशी ६ का २२ वर्षीया सुष्मा कार्की, २६ वर्षीया तिल्सरा सिरिस, ७० वर्षीया अमृता कार्की, ७० वर्षीया खगिसरा विक, ७ वर्षीया दर्शन विक र २५ वर्षीया जुना सुनार घाइते भएका छन्।
सोही ठाउँका अन्दाजी ३० वर्षीया उमा राना, २३ वर्षीया मिना परियार, २८ वर्षीया गीता सुनार, २७ वर्षीया दिलमाया विक र २८ वर्षीया समीक्षा विक पनि दुर्घटनामा घाइते भएका छन्।
सामान्य घाइतेहरूको स्थानीय दशरथपुर मेडिकलमा उपचार भइरहेको छ। गम्भीर प्रकृतिका घाइतेहरूलाई भने थप उपचारका लागि वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा पठाइएको प्रहरी प्रवक्ता बोहोराले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीको आश्वासनपछि सुस्तावासीका मागबारे के प्रगति भयो ?
-
सुनसरी घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न प्रलाेपाकाे माग
-
मुख्य मागमा छैन सहमति, डा. केसीलाई सत्तापक्षीय सांसदको थुमथुम्याइ
-
गगन थापाको घोषणा कार्यान्वयन नहुँदै अस्ताए गोपालमान
-
सुधन गुरुङलाई उपसभापति बनाउन रवि लामिछाने सकारात्मक
-
सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति–सुव्यवस्था कायम राख्न धनुषामा बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण