मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

ऊर्जा मन्त्रालयको सल्लाहकारमा विवेकराज कँडेल नियुक्त

मङ्गलबार, १२ साउन २०८३, १५ : ४६
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विवेकराज कँडेललाई मन्त्रालयको अवैतनिक सल्लाहकार (ऊर्जा व्यापार तथा पूर्वाधार) पदमा नियुक्त गरेका छन् ।
  • मन्त्री श्रेष्ठले फेसबुकमार्फत कँडेलको नियुक्तिबारे जानकारी दिँदै उनको विज्ञताले ऊर्जा क्षेत्रको नीतिगत सुधारमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
  • कँडेलको अनुभवले ऊर्जा व्यापार विस्तार, निजी क्षेत्रको लगानी प्रवर्द्धन र क्षेत्रीय ऊर्जा बजारसँगको एकीकरणलाई गति दिने अपेक्षा गरिएको छ ।

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विवेकराज कँडेललाई मन्त्रालयको अवैतनिक सल्लाहकार (ऊर्जा व्यापार तथा पूर्वाधार) नियुक्त गरेका छन् ।

मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत पोस्ट गर्दै कँडेलको नियुक्तिबारे जानकारी गराएका हुन् ।

कँडेलको विज्ञता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव र दूरदृष्टिले नेपालको ऊर्जा क्षेत्रको नीतिगत सुधार, ऊर्जा व्यापार विस्तार, निजी क्षेत्रको लगानी प्रवर्द्धन तथा क्षेत्रीय ऊर्जा बजारसँगको एकीकरणलाई थप गति दिने विश्वास मन्त्री श्रेष्ठले व्यक्त गरेका छन् । नेपालको ऊर्जा क्षेत्रलाई थप सक्षम, प्रतिस्पर्धी र भविष्यउन्मुख बनाउन उनको योगदान महत्वपूर्ण रहने अपेक्षा पनि गरिएको छ ।

फेसबुक पोस्टमा मन्त्री श्रेष्ठले भने, ‘उहाँको विज्ञता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव र दूरदृष्टिले नेपालको ऊर्जा क्षेत्रको नीतिगत सुधार, ऊर्जा व्यापार विस्तार, निजी क्षेत्रको लगानी प्रवर्द्धन तथा क्षेत्रीय ऊर्जा बजारसँगको एकीकरणलाई थप गति दिने विश्वास लिएका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप