सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

३१ लागिन् नम्रता, अभिनयमा सफल निर्माणमा र प्रेममा ?

बुधबार, ३१ जेठ २०७४, १४ : २९
बुधबार, ३१ जेठ २०७४

काठमाडौं – अभिनेत्री नम्रता श्रेष्ठको जन्मदिन आज परेको छ । उनी आजबाट ३० पुरा गरेर ३१ टेकेकी छन् । अभिनेत्री नम्रताले जन्मदिनको बिषेस योजना केही बनाएकी छैनन् । केहअी दिन पहिले एपेन्डिक्सको अप्रेशन गरेकी उनी अहिले घरमा आरामा गरिरहेकी छन् । 


नम्रता नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री हुन् । उनका लामो समयमा आउने गर्दछन्, र सफल समेत हुने गरेका छन् । ‘सानो संसार’बाट अभिनयमा डेब्यु गरेकी नम्रताको ‘मेरो एउटा साथी छ’ चलचित्रले करियर उभो लगाएको हो । त्यसपछि उनको ‘नोभेम्बर रेन, क्लासिक, पर्व’ जस्ता चलचित्र बाहिर आएका छन् । यी चलचित्र सफल मानिएका छन् ।


नायिकाको रुपमा सफल उनी निर्मात्रीको रुपमा भने असफल ठहरिइन् । उनले निर्माण तथा अभिनय गरेको चलचित्र ‘सोल सिस्टर्स’ले लगानी सुरक्षित गर्न सकेन ।


रेष्टुरेन्ट संचालन गरेर ब्यवसायीको रुपमा समेत अगाडि आएकी नम्रताले यो पेसामा फर्काे मार्न सकिनन् । प्रेमका कारणले पनि बेलनाबेलामा चर्चामा आउने नम्रताको नाम आरजे रेमनदास श्रेष्ठ, प्रेम घलेसँग पनि जोडिएको थियो । तर अहिलृ उनको नाम दावा शेर्पासँग पनि प्रेमका कारणले लिने गरिएको छ । नमैताले भने यी बिषयमा आधिकारीक मुख खोलेकी छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप