६ महिनामा नै 'डेस्पासिटो' ले बनायो किर्तिमान
काठमाडौँ – लुइस फोन्सीको डेस्पासिटो बोलको गीत सर्वाधिक स्ट्रीम गरिएको गीत बनेको छ । रिलिज भएको ६ महिनाको अन्तरालमा यो गीतले किर्तिमान बनाउन सफल भएको हो ।
यो गीत ४.६ अर्ब पटक सबै स्ट्रीमिङ सेवाहरुमा बज्दै जस्टिन बिबिरको ‘सरी’ को किर्तिमान भंग गरेको हो ।
पोर्टियो रिकोका स्पेनिस गायक फोन्सीले आफू पनि यो गीतको सफलताबाट चकित भएको बताए ।
‘म यसको लागि ‘आकस्मिक’ शब्दको प्रयोग गर्न चाहँदिन । म हिट गीत नै बनाउन चाहन्थे तर यस्तो सफलता हात पार्छ भन्ने सोचेको थिइनँ । म मानिसहरुलाई नचाउन चाहन्थे,’ ३९ वर्षीय गायकले भने ।
यो गीत ३५ वटा देशमा नम्बर १ मा रहेको छ ।
डेस्पासिटोको अर्थ ‘विस्तारै वा सुस्तरी’ भन्ने आउँछ । ल्याटिन अमेरिकामा गत जनवरीमा रिलिज गरिएपछि १ नम्बरमा पुगेको यो गीत विश्वभर जस्टिन बिबरले केही हरफ थपेपछि चर्चा पाएको थियो । बिबरले नाइट क्लबमा यो गीत सुनेपछि फोन्सेलाई केही हरफ थप्ने प्रस्ताव गरेका थिए ।
मार्चमा स्पोटिफाईमा यो गीतले ५ करोड स्रोता आकर्षित गरेको बताइएको थियो भने एप्पल म्युजिकमा २.७ करोड श्रोता आकर्षित गरेको थियो । युट्युव लगायत अन्य सामाजिक सञ्जालमा पनि यो गीत निकै चर्चित रहेको छ ।
सबैभन्दा धेरै स्ट्रिम भएका गीतहरु
१. लुइस फोन्सी (फिचरिङ ड्याडी याङ्की र जस्टिन बिबर) – डेस्पासिटो – ४.६ अर्ब पटक स्ट्रीम
२. जस्टिन बिबर – डेस्पासिटो – ४.३८ अर्ब पटक स्ट्रीम
३. एड सेरिन – सेप अफ यु – ४.०७ अर्ब पटब स्ट्रीम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण