यसरी ल्याइयो इन्द्रजात्राको लिङ्गो
काठमाडौं । इन्द्रजात्राका लागि आवश्यक लिङ्गोका लागि काभ्रेबाट काठ ल्याइएको छ ।
उक्त लिङ्गो आगामी असोज ५ गते बसन्तपुरमा ठड्याइनेछ ।
भक्तपुर र काभ्रेको सिमानामा पर्ने नालादेखि बसन्तपुरसम्म तानेर ल्याएको थियो
लिङ्गोका रूपमा प्रयोग गरिने काठको लम्बाई ३६ हात छ ।
वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरेर यो पर्व मनाइन्छ ।
भाद्र शुक्ल द्वितीय तिथिमा काभ्रेको उग्रचण्डी नालाको जंगलमा लिङ्गोका लागि काठ काट्न गुरुजु पल्टनसहित वनयात्रामा प्रस्थान गर्ने चलन छन् ।
जंगलमा कालो बोको छाडेपछि त्यसले जुन रूख छुन्छ त्यही रूख विधिपूर्वक काटेपछि इन्द्रध्वजाको लिङ्गो तयार पारिन्छ ।
एकादशीमा लिङ्गो नगर प्रवेश गराइन्छ ।
पूर्णिमामा लिङ्गो उठाएपछि इन्द्रजात्रा विधिवत् सुरु हुन्छ । विभिन्न देवीदेवताको प्रदर्शन, सांस्कृतिक बाजागाजा, झाँकीसहित ८ दिन मनाएपछि इन्द्रजात्रा सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
-
एमाले संविधान संशोधन सुझाव कार्यदल : खरेलको संयोजकत्वमा उपसमिति गठन
-
पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन
-
हामीले सरकार बनाएका हौँ, देश बनाउन बाँकी छ : महामन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण