इन्द्रजात्रा सुरु, इन्द्रजात्राको लिङ्गो ठड्याएर यसरी गरियो इन्द्रध्वजोत्थान (तस्विर/भिडियो)
काठमाडौं– इन्द्रजात्रा पर्व आजबाट शुरु भएको छ । आज विहान ८ बजेर ५ मिनेटको साइतमा इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको छ ।
विशेषगरी काठमाडौंमा एकसातासम्म यो जात्रा उत्सवका साथ मनाइन्छ ।
भक्तपुरको चित्तपोलबाट ल्याईएको लिङ्गो हनुमानढोका तलेजुको मूल प्रवेशद्वार बाहिर राखिन्छ ।
आज मानन्धर समुदायले लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु भएको सन्देश दिएका छन् ।
इन्द्रजात्रा पौराणिककालदेखि नै मनाउँदै आएको भएपनि यो जात्रामा काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले त्यससँगै श्रीकुमारी रथयात्रा चलाएपछि काठमाडौँको तत्कालीन मध्य भित्री सहरमा यो रथयात्रा हुँदै आएको छ ।
असोज ८ गते रथयात्रा जैशिदेवल चिँकमुगल भई लगनटोल पुगेर उसैसाँझ फर्कने र १२ गते नरदेवी पुगेर फर्कने र अन्तिम दिन नानीचयात्रा भनेर १२ गते किलागल पुगेर फर्काइने तालिका छ ।
लिङ्गो ठड्याएपछि हल्चोकको भैरव, मजिपाटको लाखे, किलागलको पुलुकिसी, महालक्ष्मी नाच भक्तपुरको महाकाली र रामचन्द्र नाँच हनुमानढोका दरवारमा हाजिर हुनुपर्ने छ ।
यसैदिन आकाश भैरव, श्वेत भैरव, स्वच्छन्द भैरवको सृङ्गार तथा पूजन हुन्छ । मानन्धर समुदायले वौमत प्रदर्शन गर्दै नगर परिक्रमा गर्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
-
एमाले संविधान संशोधन सुझाव कार्यदल : खरेलको संयोजकत्वमा उपसमिति गठन
-
पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन
-
हामीले सरकार बनाएका हौँ, देश बनाउन बाँकी छ : महामन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण